देश

तीन मोटरसाइकलसहित कपडा बरामद तीन मोटरसाइकलसहित कपडा बरामद
गौर, रौतहट, २० चैत,रासस
बाराको सिम्रौनगढ नाकाबाट भारतीय नं प्लेटको तीन मोटरसाइलसहित करीब रु चार लाख मूल्य बराबरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । 
 
भारतबाट भन्सार छली बाराको कर्चोवा नाका हँुदै रौटहटको सीमा भएर ल्याइँदै गरेको तन्ना, साडी, कुर्तासलवार, धोतीलगायत कपडा आज बिहान ४।३० बजे रौतहटको सशस्त्र आधार शिविर शहरमुज्वाले बरामद गरेको छ । 
 
सशस्त्र प्रहरी निरीक्षक गोविन्द पोख्रेलको नेतृत्वमा गएको प्रहरीगस्ती टोलीले रौतहट, मौलापुर नगरपालिका– ८ सोनरनिया टोल नजिकैबाट बीआर जिरो ५ एम २०३०, बीआर जिरो ५ एम ३१२७ र बीआर २ एम १७५ नंको भारतीय मोटरसाइलसहित पक्राउ परेका कपडा र मोटरसाइकललाई आवश्यक कारवाहीका लागि आजै गौर भन्सारमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक पोख्रेलले बताउनुभयो । 
 
सीमापारिबाट भारतीय मालसमान नेपाल भित्र्याउन बाराका कर्चोवा, सिम्रौगढ, बेलदारी, मुसहर्वा, मटिअर्वा, कवहीगोठलगायत नाकाबाट तस्करी हुन थालेपछि नियन्त्रण गर्न निर्देशन दिइएको मध्यक्षेत्रीय प्रहरी कार्यालय पथलैयाका सशस्त्र प्रहरी नायब महानिरीक्षक कवीन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । 

Post Comment

More देश

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award