- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
देश
भाटभटेनी मन्दिरमा जात्रा हेर्न भक्तजनको भीड
कृष्णराज गौतम, काठमाडौँ, २० चैत,रासस
भाटभटेनी मन्दिरमा आज हुने जात्रा हेर्नका लागि काठमाडौँका विभिन्न स्थानबाट भक्तजनको भीड लागेको छ । वैशाख कृष्ण तृतीयाका दिन स्थानीय टुँडालदेवीलाई आज भाटभटेनीमा ल्याएर भेट गराइँदैछ ।
उक्त मन्दिरमा आजको दिन दर्शन गरेमा बाधा, अवरोध हटेर जाने विश्वासका साथ भाटभटेनी तथा त्यस वरपर क्षेत्रका भक्तजन दर्शनका लागि सहभागी भएका हुन् । भाटभटेनीमा चैत शुक्ल पूर्णिमाका दिनदेखि देवीदेवतालाई मन्दिर बाहिर सजाएर दर्शनका लागि राखिएको छ ।
काठमाडौँको मध्यभागमा अवस्थित टुँडालदेवीको मन्दिर इक्षुमतिको किनारमा रहेको छ्र । भाटभटेनीलाई यिनको छोरी ज्वाइँ मानिएको छ्र । प्रत्येक वर्ष चैत्रशुक्ल पूर्णिमामा टुँडालदेवीको परम्परागत जात्रा गरिने र आजको दिन भाटभटेनीसम्म खटजात्राको परम्परा छ ।
परापूर्व कालमा एक कुख्यात तान्त्रिक स्त्रीले आफ्नो विद्या दुरुपयोग गरी स्थानीय बालबच्चालाई रोगब्याधी लगाएर निकै दुःख दिने गरेका कारण टुँडालदेवीको दैवी शक्तिले चील बनेर उनको बच्चालाई लिएर सुरक्षित राखेको र पुत्रवियोगले कुख्यात तान्त्रिक स्त्रीले आत्महत्या गरेको कथा पाइन्छ ।
टुँडालदेवीले उनीहरुको मृत शरीरलाई पुनःजीवन प्रदान गरी सकारात्मक कार्यका लागि प्रेरणा प्रदान गरेको जनस्रुती छ । टुँडालदेवीले पुनःजीवन दिएपछि उनीहरुलाई छोरी ज्वाइँका रुपमा उनीहरुलाई स्थापित गरेको र विद्याधारी ब्रह्मायणी देवीका रुपमा उक्त स्थानमा राखेको स्थानीयवासी बताउँछन् । त्यसपछि स्थानीयवासीलाई सुरक्षा भएको विश्वास छ ।
विद्याधारी ब्रह्मायणी देवी आमाछोरी रहेको र उनीहरुलाई वर्षमा एकपटक भेट गराउँदा लावा लस्करसहित जात्रा गर्नुपर्ने स्थानीय इञ्जिनियर कृष्ण डंगोलले बताउनुभयो । शिव पार्वतीको शक्तिका रुपमा भाटभटेनीमा मूर्ति स्थापना गरी जात्रा चलाइएको जनविश्वास रहेको स्थानीयवासी तीर्थबहादुर प्रजापतिले जानकारी दिनुभयो ।
मन्दिरदेखि बाहिर देवदेवीका साथै उनका सन्तान बालगोपालको पनि मूर्ति दर्शनका लागि परिसरभित्र राखिएको छ । तान्त्रिक विधिअनुसार पूजा गरिने उक्त मन्दिरमा जात्रा अवधिभर सहभागी भई दर्शन गरेमा पाप मोक्ष भई पारिवारिक सुख, शान्ति प्राप्त हुने भक्तजन बताउँछन् ।
मन्दिरमा स्थानीयवासीले भजनकीर्तनका साथै विभिन्न बाजागाजा बजाउँदै त्यस आसपास क्षेत्रको परिक्रमा गराइएको छ । वैशाख कृष्णाष्टमीका दिनसम्म विधिविधानअनुसार विभिन्न प्रकारका पूजा तथा जात्रा सम्पन्न गरेपछि मूर्तिलाई पुनः मन्दिरभित्र प्रतिस्थापन गरिने छ ।
Post Comment
More देश
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ
- कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
- रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न
- थुम्सीमा व्यावसायिक रुपमा खरायोपालन
- औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी
- बढी पर्यटक भित्रिएको वर्ष–२०७४
- बाल विवाह गर्ने जोडीलाई रुँदारुँदै बिछोड गरायो रोल्पा प्रहरीले
- सुरक्षित मातृत्व अभियान वर्ष घोषणा
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





