देश

जग्गाको मुआब्जा नपाएको भन्दै साँफे–मार्तडी सडकखण्ड बन्द जग्गाको मुआब्जा नपाएको भन्दै साँफे–मार्तडी सडकखण्ड बन्द
बाजुरा, १९ चैत, रासस
बाजुराको बडीमालिका नगरपालिका–५ मा रहेको तिपाडामा निर्माण हुन लागेको साँफे–मार्तडी सडकखण्डमा पर्ने जग्गाको मुआब्जा नपाएको भन्दै जग्गाधनीले आज बिहानदेखि साँफे–मार्तडी राजमार्ग बन्द गरेका छन् । 
 
साँफे–मार्तडी सडकमा रहेको तिपाडामा सडक निर्माणको जिम्मा लिएको पिएस कम्पनीले जग्गाको मुआब्जा नदिएको भनी पटक पटक जिल्ला प्रशासन कार्यालय, जिल्लाका निर्वाचित जनप्रतिनिधिसंग मुआब्जा नपाएको गुनासो गर्दा पनि कुनै सुनुवाइ नहुँदा आजदेखि उक्त सडकखण्ड बन्द गरिएको जग्गा धनी धीरबहादुर सिंहले बताउनुभयो । 
 
खेतीयोग्य जमिनमा सडक निर्माणका मुआब्जा दिने गरी सम्झौता भएअनुसार हालसम्म जग्गाको मुआब्जा नपाएका ११ जना जग्गा धनीले सडक बाटो बन्द गरिएको जानकारी दिंदै उहाँले भन्नुभयो, “जग्गाको मुआब्जा नपाएसम्म सडक बाटो नखोल्ने बताउनुभयो ।” 
 
आइतबार जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठकमा सडक डिभिजन कार्यालयका प्रमुखलाई बोलाएर मुआब्जा उपलब्ध गराउन कानूनी उपचार खोज्ने गरी सहमति भएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताउनुभएको छ । उहाँले जग्गा धनीसंग बैठक बसेर मुआब्जाका लगि पहल गर्ने भनिए पनि उनीहरुले सडक बन्द गर्नुको नियत भने बुझ्न नसकिएको र बन्द सडक सञ्चालनका लागि पहल भइरहेको बताउनुभयो । 
 
सडक बन्दका कारण जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका यातायातका साधन भने तिपाडामै रोकिएका छन् । मार्तडी आउने र मार्तडीबाट तराईतर्फ जाने यातायातका साधन वारिपारि नै रहेका छन् । बन्दले यात्रु अलपत्र परेको बताइएको छ । 

Post Comment

More देश

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award