देश

कृषकलाई हाते ट्र्याक्टर वितरण कृषकलाई हाते ट्र्याक्टर वितरण
अर्घाखाँची, ३० फागुन,रासस
कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गर्न शितगंगा नगरपालिकाले कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको छ । 
 
कृषकको माग अनुसार ५० प्रतिशत अनुदानमा शितगंगा नगरपालिकाको कृषि विकास शाखाले १० वटा हाते ट्र्याक्टर वितरण गरेको हो । 
 
श्रम र समयको बचत तथा सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि यहाँका कृषक हाते ट्र्याक्टरतर्फ आकर्षित भएका हुन् । कृषकलाई ५० प्रतिशत अनुदानमा ट्र्याक्टर वितरण गर्न थालेपछि उनीहरुले ट्र्याक्टरको प्रयोग बढाएका छन् । 
 
छिटोछरितो बेमौसमी खेती गर्ने कृषकलाई हाते ट्र्याक्टर उपलब्धिपूर्ण हुने शितगंगा नरगरपालिका कृषि विकास शाखा प्रमुख थीरलाल गैरेले बताउनुभयो । उहाँले मुख्य गरेर तरकारीखेती गर्ने किसानले सबैभन्दा बढी ट्र्याक्टरको माग गरेको बताउनुभयो । 
 
नगरपालिकाले कृषिमा प्राथमिकताका साथ काम गरिरहेको नगरप्रमुख सूर्य अधिकारीले बताउनुभयो । “खेत तथा बारीको कुनाकाप्चासम्म सजिलै जोत्न सकिने भएकाले कृषकले यसको महत्व बुझ्दै गएका छन्,” उहाँले भन्नुभयो । ट्र्याक्टरको प्रयोग गर्दा खेतको सबै स्थानमा एकैनासले जोत्न सकिने कृषकले बताएका छन् । 

Post Comment

More देश

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kaya Kairan

Starts at: 06:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award