देश

ठूलो परिमाणमा घरेलु मदिरा नष्ट ठूलो परिमाणमा घरेलु मदिरा नष्ट
काठमाडौँ, ३० फागुन, रासस
महानगरीय प्रहरी प्रभाग गोँगबुले ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ । 
 
प्रभागले गोँगबु बसपार्क क्षेत्रका विभिन्न भट्टी तथा होटलमा छापा मार्दा फेला परेको अवैध एक हजार लिटर मदिरा आज विहान नष्ट गरेको हो ।
 
प्रभागका प्रमुख प्रताप पौडेलले गोँगबु क्षेत्रलाई घरेलु मदिरा मुक्त क्षेत्र बनाउने योजना अनुसार सुरु भएको अभियानमा एक हप्तामा तीन हजार लिटर घरेलु मदिरा नष्ट गरिएको जानकारी दिनुभयो । 
 
“मदिरा मुक्त क्षेत्र बनाउन टोल सुधार समिति, महिला समूह र स्थानीय प्रतिनिधीको रोहवरमा मदिरा नष्ट गरेका हौँ”– उहाँले भन्नुभयो । घरेलु मदिरा सेवनसँगै आवेशमा आएर अपराधजन्य घटना घट्ने भएकाले उक्त मदिरा नष्ट गरिएको प्रभागले जनाएको छ । 

Post Comment

More देश

Onair Now Onair Now

Swadesh Gaan

Started at: 05:00 HRS

Up Next

Kalika Highlights

Starts at: 05:20 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award