देश

जगदिशपुर ताल नजिकै होमस्टे सञ्चालन

जीतपुर, कपिलवस्तु, २ फागुन,रासस

होमस्टे ९घरबास० प्रति पर्यटकको आकर्षण बढ्दै गएपछि यस जिल्लामा पनि पहिलो पटक होमस्टे सञ्चालनमा ल्याइएको छ । 

कपिलवस्तु नगरपालिका–९, जगदिशपुरमा पहिलो पटक थारु समुदायले होमस्टेको शुरुआत गरेका हुन् । कपिलवस्तु रहेका बुद्धसँग सम्बन्धित ऐतिहासिकस्थल तिलौराकोट दरबार, कुदान, गोटिहवा, निगालीकोटलगायतका पर्यटकीय क्षेत्र तथा जगदिशपुर तालमा रहेका चरा हेर्न आउने पर्यटकलाई मध्यनजर गर्दै होमस्टे सञ्चालन गरिएको हो । 

नेपालकै सबैभन्दा ठूलो मानव निर्मित तथा विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदिशपुर ताल नजिकै रहेको जगदिशपुर गाउँमा जगदिशपुर जलाशय घरबासको शुरुआत गरिएको हो । तेह्र घरधुरीबाट शुरुआत गरिएको होमस्टेमा अहिलेसम्म २०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आएको जगदिशपुर जलाशय होमस्टेका सचिव सरिता थारुले बताउनुभयो । 

होमस्टेमा क्यानाडा, अमेरिका, श्रीलंका, चीनलगायत विभिन्न मुलुकका पर्यटक पुग्ने गरेका छन् । समूहलाई दर्ता गरेर व्यवस्थितरुपमा होमस्टे व्यवसाय सञ्चालन गर्ने योजना बनाइएको सचिव थारुले बताउनुभयो । होमस्टेमा थारु जातिका लोकप्रिय खाना घाँेगी, लोकल कुखुरा, ढिकरी, चिचर, खोरिया, हाँसको छोइला पाउने गरेको होमस्टे सञ्चालक बताउँछन् । 

Post Comment

More देश

Onair Now Onair Now

Traffic Update

Started at: 09:10 HRS

Up Next

Tareli

Starts at: 09:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award