देश

शिवरात्रिबाट सहिष्णुता र सद्भाव अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास शिवरात्रिबाट सहिष्णुता र सद्भाव अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास
काठमाडौँ, १ फागुन (रासस) 
राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिजस्ता धार्मिक तथा सांस्कृतिक पर्वले सहिष्णुता, सद्भाव र शान्ति अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । 
 
हिन्दूको महान् चाड महाशिवरात्रिको अवसरमा आज दिनुभएको सन्देशमा उहाँले नयाँ संविधान कार्यान्वयनका सिलसिलामा स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सफलापूर्वक सम्पन्न भई मुलुक सामाजिक तथा आर्थिक समृद्धितर्फ उन्मुख भएको बताउँदै यस पर्वबाट देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा मुलुकको समृद्धिमा अग्रसर हुने प्रेरणा मिलोस् भन्ने कामना गनुभएको छ । 
 
यसै उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले समस्त हिन्दू धर्मावलम्वीको पवित्र पर्व महाशिवरात्रिका माध्यमबाट नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ । 
 
शिवरात्रिका अवसरमा आज दिनुभएको सन्देशमा उहाँले यस चाडले सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति र सहकार्यको बाटामा अघि बढ्न प्रेरित गरोस् भन्ने कामना गर्नुभएको छ । 

Post Comment

More देश

Special Programs

Kalika Events

  • 12th Music Award