देश

प्रम देउवाद्वारा फाल्गुनन्दको जयन्तीको शुभकामना प्रम देउवाद्वारा फाल्गुनन्दको जयन्तीको शुभकामना
काठमाडौँ, २५ कात्तिक (रासस)
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूति एवं किराँत धर्मका महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किरात धर्मावलम्बीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । 
 
महागुरु फाल्गुनन्द किराँत धर्मका महान् गुरु हुनुका साथै समाज सुधारकसमेत हुनुभएको र किरात धर्म, संस्कार र संस्कृतिको उत्थान तथा संरक्षणका निमित्त उहाँले दिनुभएको योगदान उल्लेखनीय रहेको प्रधानमन्त्री देउवाको शुभकामना सन्देशमा उल्लेख छ । 
 
प्रधानमन्त्री देउवाले सन्देशमा भनिएको छ— “नेपाल विविध धर्म र संस्कृतिको संगमस्थल हो, लोकतन्त्रको छहारीमा मात्र मुलुकमा नागरिक अधिकारको रक्षा हुने हुँदा सबै धर्म र संस्कृतिले महत्व पाउन सम्भव छ । यसका लागि मुलुक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनतर्फ अग्रसर भइसकेको हालको परिप्रेक्ष्यमा निर्वाचनमा सहभागी भएर यसलाई सफल पार्न म सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक अनुरोध गर्दछु ।” 
 
धार्मिक, सामाजिक सुधार र अनुशासित आचरणका लागि महागुरु फाल्गुनन्दले देखाउनुभएको मार्ग आजको सन्दर्भमा पनि हामी सबैको लागि उत्तिकै अनुशरणीय रहेको उहाँले भन्नुभयो । 
 
प्रधानमन्त्री देउवाले विविध धर्म र संस्कृतिका धनी सबै नेपालीलाई एउटै मालामा जोड्दै राष्ट्रिय एकता कायम गर्न महागुरु फाल्गुनन्दको दर्शन सर्वउपयोगी हुनेछ भन्दै महागुरु फाल्गुनन्दप्रति श्रद्धा व्यक्त गर्दै स्मरण गर्नुभएको छ । 

Post Comment

More देश

Onair Now Onair Now

Bhakti Sudha

Started at: 04:05 HRS

Up Next

Swadesh Gaan

Starts at: 05:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award