देश

समस्या पहिचान गर्न सके नेपालमा स्वास्थ्य विमा सबैको पहुँचमा आउने
अनिल भट्टराइ- कात्र्तिक २४ कालिका ।
प्रभाकारी बन्दै गएको स्वास्थ्य विमामा देखिएका समस्या पहिचान गर्न सकेनेपालमा स्वास्थ्य विमा कार्यक्रम सबैको पहुँचमा आउने एक कार्यक्रका सहभागीले बताएका छन् । इक्वल एक्सेस ( युएस ए आइ डी) को सयोंजन , सामाजिक स्वास्थ्य सुरक्षा समितिको समन्वयमा भएको रेडियो कार्यक्रम सरंचना र प्रसारण कार्यशालामा सहभागीले सो विषयमा जोड दिएका हुन् । ४ जिल्लामा प्रत्येक ३ वटा रेडियोका रेडियोकर्मीसगँ गरिएको कार्यशालामा हरेक नागरिकलाई स्वास्थ्य सेवाको पहुँमा ल्याउन स्वास्थ्य विमा आवश्यक रहेकोमा जोड दिईएको थियो ।
 
सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्ग वरिष्ठ जनस्वाथ्य प्रशासक डा. भुवन पौडेलले स्वास्थ्य विमाको आवश्यकता औचित्य र सरोकारवालाको भुमिकाका सम्वन्धमा सहजीकरण गर्नुभएको थियो । अहिले लागु भईसकेको स्वास्थ्य विमा स्वास्थ्य सस्थांको व्यवस्थापन गुणस्तर नभएमा विमा नै प्रतिउत्पादक बन्ने आशंका औल्याउनुभयो । उहाँले भन्नुभयो, त्यति मात्र होईन विमा कार्यक्रम निरन्तर नचलाए अविश्वास बढ्छ , निरन्तर सञ्चालन भएमा स्वास्थ्य सस्थाको स्तर बृद्धि हुनेछ । डा. पौडेलले सरकारले मात्रै व्यवस्थापन गर्नुपर्ने भन्ने नरहनेको बताउदै अव स्थानिय सरकार जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।
 
पुर्व रेडियो प्रस्तोता उपेन्द्र अर्यालले मान्छेको जिवनलाई खुसि बनाउन पनि स्वास्थ्य विमा आवश्यक रहेको बताउनुभयो । यो सरकारकै मातहतमा रहने भएकाले यसमा जिवन विमा जस्तो जोखिम नरहने बताउनुभयो । सरकारले नै सरकारी स्वास्थ्य सस्थांलाई बढि प्राथमिकता दिएपछि अन्य अस्पतालहरुलाई पनि समेटिएको उहाँले बताउनुभएको छ ।
 
चितवनका कालिका, अर्पण, सिराईचुली एफएम सहित झापाको सप्तरङगी, कञ्चंजगांर र नागरिक एफएम, कैलाली जिल्लाको रेडियो कैलाली, टिकापुर एफएम, दिनेश एफएम र कास्कीको रेडियो बाराही, सफलता एफएम र हेम्जा एफएमका रेडियो प्रस्तोताहरुको सहभागीता थियो । कार्यशालामा जिवन शर्माले पनि सहजीकरण गर्नुभएको थियो ।नवलपरासीको गैडाकोटमा रहेको होटल रिभर क्राउनमा ४ दिन सम्म चल्ने कार्यशाला भोली पनि जारी रहनेछ ।
 

Post Comment

More देश

Onair Now Onair Now

Kalika News Up-Date

Started at: 04:00 HRS

Up Next

Bhakti Sudha

Starts at: 04:05 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award