देश

दसैंका टिकट बुकिङ खुला दसैंका टिकट बुकिङ खुला
काठमाडौँ , भदौँ २७ ।
यातायात व्यवसायीले मंगलबारदेखि दसैंका लागि टिकट बुकिङ खुला गरेका छन । 
 
यातायात व्यवसायीहरुले पूर्वका लागि कोटेश्वर र गौशाला तथा पश्चिमका लागि गोंगबू नयाँ बस पार्क र सुन्धारा काउन्टरबाट दसंंैका लागि अग्रिम बुकिङ खुला गरेको हो । तर टिकट वितरण व्यवस्थित नभएको पाइएको छ । टिकट बुकिङ गर्न पुगेकी पाँचथरकी नेत्रहिन कुमारी ऐलनले आरक्षण सिटको व्यवस्था नभएको पाइएको समेत गुनासो गर्नु भयो । मंगलबार विहानै गोंगबुस्थित नयाँ बसपार्क काउन्टरमा दसैंको अग्रिम टिकट बुकिङ गर्नु पुग्नु भएकी ऐलनले सरकारले नेत्रहिनका लागि दिएको आरक्षणको सुविधा समेत कटौति भएकोमा आक्रोश व्यक्त गर्नु भयो । कुमारीले भनेको ठाउँको टिकट नपाइएको पनि जानकारी दिनु भयो । पाँचथरका लागि टिकट लिन पुगेकी उनले नपाउने भएपछि बाध्य भएर झापा विर्तामोडसम्मको टिकट लिनु परेको गुनासो पनि गर्नु भयो ।
 
 
त्यसैगरी गोंगबु बसपार्कमै भेटिएकी प्रकृति राईले पनि टिकट वितरण व्यवस्थित नभएको गुनासो गर्नु भयो । धनकुटाको लागि टिकट बुकिङ गर्न पुगेकी उनले दसैंमा घर जाने टिकट नपाउने हो कि भन्ने चिन्ता लागेको पनि बताउनु भयो ।
 
जाजरकोटका कर्ण गिरीले विगतमा भन्दा पनि यो वर्ष दसैंको टिकटको वितरणको व्यवस्थापन कमजोर भएको गुनासो गर्नु भयो । उहाँले भिडभाडका कारण टिकट कतिखेर पाउने हो भन्ने एकीन नभएको पनि स्पष्ट पार्नु भयो ।
 
यता, यातायात व्यवसायीहरुले भने दसैंका लागि टिकटको लागि कुनै समस्या नरहेको दावी गरेको छ । राप्ती अंचल सार्वजनिक यातायात सेवा समितिका टिकट बुकिङ इन्चार्ज ढुण्डीराज कँडेलले टिकट सहज रुपमै दिइएको दावी गर्नु भयो । उहाँले दसंैमा घर जानका लागि टिकट अभाव हुन नदिने पनि स्पष्ट पार्नु भयो । इन्चार्ज कँडेलले टिकटको मूल्य बढि लिने नगरेको र त्यस्तो पाईए कडा कार्वाही हुने चेतावनी पनि दिनु भयो ।
 
यातायात व्यवसायीहरुले पहाडी जिल्लाहरुमा भने टिकट लिनेको चाप देखिएको पनि बताएका छन । उनीहरुले टिकट लिन चाप भएका ठाउँहरुमा बसको व्यवस्था गर्ने पनि जनाएका छन । देशका मुख्य, मुख्य सहरहरुमा भने टिकट बुकिङ गर्नेहरुको चाप नभएको यातायात व्यवसायीहरुको दावी छ । काठमाडौं उपत्यकाबाट मात्रै दसैंमा करिव २५ लाख सर्वसाधारण बाहिरिने गरेपनि सरकारले त्यसको उचित व्यवस्था गर्न नसकेको गुनासो गरिएको छ । यातायात व्यवसायीहरुले छतमा पनि यात्रु राख्न पाउने व्यवस्था गर्न सरकार सहमत भएपछि मंगलबारबाट दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

Post Comment

More देश

Onair Now Onair Now

Chaso ra charcha

Started at: 12:10 HRS

Up Next

Kalika News Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award