देश

मिथिलाञ्चलमा आजदेखि जितिया पर्व शुरु मिथिलाञ्चलमा आजदेखि जितिया पर्व शुरु
गौशाला, २७ भदौ । 
मिथिला क्षेत्रकै पवित्र जितिया पर्व महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा ९नुहाएर खानु० गरेर आजदेखि शुरु भएको छ ।
 
तीन दिनसम्म मनाइने यो पर्वमा व्रत बस्नु अघि आजको दिन महिलाले घिरौँलाको पातमा भगवान् जीतमाहन र दिवंगत पितृलाई प्रसाद चढाएर चिउरा दही तथा अमोट ९आँपको रसबाट तयार हुने खाद्य पदार्थ० खाने र भोलि बिहान ४ बजेदेखि निराहार व्रत बसेर पर्सी बिहान ८ बजेतिर व्रत सम्पन्न गर्नेछन् । 
 
सयौँ व्रतालुले जिल्लाको विग्ही, रातो जंगहा, अंकुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर भार्गवसरलगायतका पवित्र सरोवर र नदीमा स्नान गरेर जीतमाहनको कथा पाका व्यक्तिले भन्ने र तन्नेरीले सुन्ने गरिन्छ । 
 
व्रत बस्नु अघिल्लो दिन ९आज० व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सख्खर र तोरीको तेलसहितका पदार्थ चढाउनु पर्छ । 

Post Comment

More देश

Onair Now Onair Now

Chaso ra charcha

Started at: 12:10 HRS

Up Next

Kalika News Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award