देश

गण्डक बाँध फुट्ने खतरा बढेपछि ढोका बन्द गरिए गण्डक बाँध फुट्ने खतरा बढेपछि ढोका बन्द गरिए
हरि शर्मा
 नवलपरासी, २९ साउन ः गण्डक बाँध फुट्ने खतरा बढेपछि नवलपरासीमा रहेको गण्डक व्यारेजका ढोकाहरु बन्द गरिएको छ । नारायणी नदीमा पानीको सतह क्रमश ः बढ्दै गएपछि गण्डकका केही बाँधहरु फुट्ने सम्भावना बढेकाले दुई वटा ढोकाहरु पूर्णरुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए ।
गण्डक बाँधका कारण बिहानदेखि पर्सा जिल्लामा बाढी पसेपछि त्यहाँको प्रशासनको अनुरोधमा मूख्य पश्चिमी नहर बन्द गरिएको प्रजिअ रानामगरले जानकारी दिए ।  नवलपरासीको गुठिसूर्यपुरास्थित गण्डक पावर हाउस सञ्चालनका लागि लगिएको उक्त नहर भारतहुँदै पुन ः पर्सा जिल्लाको सिँचाईका लागि पु¥याइएको छ । पर्सामा ल्याइएको नहरमा निर्माण गरिएको कलर्भट पानीको वहाबले फुटाएपछि अहिले विरगञ्ज महानगरपालिकामामा बाढी पसेको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले  जानकारी दिए । महानगरमा पानी पसेपछि क्षतिको संभावना बढेकाले त्यसलाई कमि ल्याउन र अन्य गाउँ डुबान हुन नदिन नवलपरासीमा रहेको गण्डकको ढोका बन्द गर्नका लागि अनुरोध गरिएको घिमिरेले बताए । 
भारतिय मूख्य पश्चिमी नहरसँगै नवलपरासीको सिँचाइका लगिएको पूर्वी नहरको बाँध समेत फुट्ने खतरा बढेकाले त्यहाँको ढोका समेत बन्द गरिएको प्रजिअ रानामगरले बताए । 
अहिले गण्डक नहरको सतह बढेर ६ मिटर पुगेको छ । साढे सात मिटर पुगेपछि सर्तक रहनुपर्ने हुन्छ भने ८ मिटर पुगेपछि खतराको संकेतका रुपमा लिईने गरिएको जिल्ला प्रशासनले जनाएको छ । पानीको सतह बढ्दै गएकाले थप क्षति हुन नदिने जोखिम क्षेत्रका स्थानीयलाई सर्तकता अपनाएर बस्न अनुरोध गरिएको जिल्ला प्रशासनले जनाएको छ ।  
 
 

Post Comment

More देश

Onair Now Onair Now

Namaste Kalika

Started at: 07:30 HRS

Up Next

Kalika News Up-Date

Starts at: 08:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award