देश

बाढि, पहिरो र डुबानबाट हुने क्षति कम गराउन सरकारले उच्च सतर्कता अपनाईरहेको छ - मिनबहादुर विश्वकर्मा
काठमाडौँ, २९ साउन । 
वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्माले बाढि, पहिरो र डुबानबाट हुने क्षति कम गराउन सरकारले उच्च सतर्कता अपनाईरहेको बताउनु भएको छ ।
मन्त्री विश्वकर्माले कोशी व्यारेजबाट हुने क्षति कम गर्न सरकारले भारत सरकारसँग व्यारेजका सबै ढोका खोलिदिन आग्रह गरिरहेको जानकारी पनि दिनु भयो । शुक्रबारयता अविरल वर्षासँगै तराई र पहाडका विभिन्न जिल्लामा आएको बाढि, पहिरो र डुबानमा परि दर्जनौं नागरिकको मृत्यु भएको छ भने त्यत्तिनै संख्यामा बेपत्ता भएका छन । मन्त्री विश्वकर्माले लगातारको वर्षासँगै मुलुकमा आईपरेको विपद् व्यवस्थापन गर्नु सरकारको लागि चुनौतिको विषय भएको पनि स्पष्ट पार्नु भयो । आईताबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले वर्षा जारी रहने हो भने सरकारले राष्ट्रिय संकटकाल घोषणा गरेर विपद् व्यवस्थापनका लागि अन्तराष्ट्रिय समुदायलाई गुहार्नुपर्ने अवस्था आउने पनि स्पष्ट पार्नु भयो ।
मन्त्री विश्वकर्माले सरकार आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सचेत रहेको पनि बताउनु भयो । उहाँले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने पनि स्पष्ट पार्नु भयो ।

Post Comment

More देश

Special Programs

Kalika Events

  • 12th Music Award