देश

दाङमा बाढीको कहर दाङमा बाढीको कहर
दाङ साउन २९-
लगातारको बर्षापछि आएको बाढीले दाङमा मानविय र भौतीक क्षेती पु¥याएको छ । बाढीमा बगेर दुई जनाको मृत्यु भएको छ भने चार दर्जन घरहरु पूर्णरुपले भत्कीएका छन । 
तुलसीपुर उपमहानगरपालिका १३ मा खोलाले बगाउदा ४८ बर्षिया भगवती सुनारको मृत्यु भएको छ । उहाँलाई बाख्रा बचाउने क्रममा बाढीले बगाएको परिवारले जनाएका छन । घर देखी केही तल सुनारको शब फेला परेको प्रहरीले जनाएको छ । 
त्यस्तै तुलसीपुर उपमहानगरपालिका ४ जितपुर निबासी ५८ बर्षिय नरबहादुर रावतलाई बेतनी खोलामा आएको बाढीले बगाउदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  
त्यस्तै अबिरल बर्षापछि घर भत्कीदा च्यापिएर लमही नगरपालिका–९ अमेलियामा कर्णवहादुर डाँगी र रीता डाँगी घाईते भएका छन । कर्णबहादुरको स्थानिय मेडिकलमै र रीताको कोहलपुरमा उपचार भैरहेको छ ।
वर्षा र बाढीका कारण दाङमा ४९ वटा घर भत्किएका छन । बस्नै नमिल्ने गरि घरहरु भत्किए पछि उनिहरु आफ्न्त र सार्वजनिक भवनहरुमा आश्रय लिएर बसेको वताईएको छ ।
तुलसीपुर उपमहानगरपालिकामा २३, दंगिशरण गाँउपालिका १ र २ मा १२, लमही नगरपालिकामा १३ र घोराही उपमहानगरपालिकामा एक घर भत्कीएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका सुचना अधिकृत खिलानाथ दाहालले जानकारी दिनुभएको छ ।
यसै गरी २ सय ७ घर र  एउटा विद्यालयमा आंशिक क्षति पुगेको छ । ति घरहरुमा पानी पस्नुका साथै चर्किएको बताईएको छ । त्यसैगरी तीन वटा कुखुरा फर्म र एउटा माछा पोखरीमा समेत बाढीले नोक्सानी पु¥याएको छ भने तुलसीपुर कारागार भवनको पर्खाल भत्किएको आपतकालिन केन्द्रले जनाएको छ ।
बाढीले घरबार सबै बगाएको र जोखिम देखिएका क्षेत्रका ३ सय १९ जनालाई सुरक्षित स्थानमा सारीएको प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठले जानकारी दिनुभएको छ ।
 
सडक सन्जाल अस्तव्यस्त
लगातारको वर्षा र बाढीका कारण दाङमा आन्तरिक नाकाबन्दी शुरु भएको छ । शुक्रवार रातीदेखीको निरन्तर वर्षाका कारण खोलामा बाढी आउँदा जिल्लाका मुख्य वजार क्षेत्र संगको सडक सम्पर्क टुटेको छ ।
खोलाहरुमा आएको बाढीका कारण दाङमा लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन । घोराही–लमही सडक खण्डमा पर्ने खोलाहरुमा आएको बाढीका कारण सवारी आवागमन प्रभावित वनेको छ । 
त्यस्तै घोराही–तुलसीपुर सडक खण्डको हात्तिखौवामा रहेको कल्भर्ट भत्किदाँ सडक अवरुद्ध भएको छ । तत्काल सडक निर्माण कार्य गर्ने भनिएपनि लगातारको वर्षाका कारण सम्भव नभएको वताईएको छ । 
त्यसै गरी दाङ–रोल्पा र दाङ–सल्यान सडक खण्डमा पनि धेरै ठाँउमा पहिरो खसेका कारण बाटो अवरुद्ध भएको स्थानिय प्रशासनले जनाएको छ । 
उता, बबई नदिमा आएको बाढीका कारण तुलसीपुर अमिलिया सडक पनि अवरुद्ध भएको छ । 
 

Post Comment

More देश

Onair Now Onair Now

Namaste Kalika

Started at: 07:30 HRS

Up Next

Kalika News Up-Date

Starts at: 08:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award