देश

बर्दियामा एकको मृत्यु, एक बेपत्ता
बर्दिया, २९ साउन । बर्दिया जिल्लाका विभिन्न भाग डुबानमा परेका छन् । भारी वर्षाका कारण बबई नदीको खतराको सतह ६.१ मि मानिन्छ भने अहिले नदीको बाढीको सतह १० मिटर माथि आइसकेको छ । 
 
यसैबीच, बारबर्दिया नगरपालिका–९ का ३० वर्षीय राजेन्द्र थारुलाई जुर्पानी खोलाले बगाउँदा उनको मृत्यु भएको छ । उनको शव नदीले बेपत्ता बनाएको छ । 
 
बारबर्दिया–११ का करिब ६० वर्षीय चौकीदार थारुलाई पनि खोलाले बगाएको आशंका गरिएको छ उनी तीन दिनदेखि बेपत्ता छन् । 
 
अहिले बर्दियाको गुलरिया नगरपालिकाको बालापुर, जेशिपुर, पण्डीपुर, गुजराना, सन्तोषी टोल, तरुवा, रत्नापुर, कोठियागाउँ र जिल्ला अस्पताल रोडसम्मका सबै ठाउँ डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरत बोहराले जानकारी दिनुभयो । 
 
बारबर्दिया नगरपालिकाको वडा नं १, २, ३, ४ र ११ का बस्ती बबई नदीको बाढीले डुबाएको छ । त्यसैगरी, ठाकुरबाबा नगरपालिकाका बग्माहा गाउँ, म्यौलापुर गाउँमा पनि बाढी पसेको छ । त्यस्तै राजापुर नगरपालिकाका तेरिया गाउँ, सप्तरीघाटलगायत वरपरका गाउँ बाढीले डुबाएको छ । 
 
त्यसैगरी, गेरुवा गाउँपालिकाका खैरिचन्दनपुर, दौलतपुर, मनाउगाउँ समेत डुबानमा परेको बोहराले जानकारी दिनुभयो । उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन् । रासस 

Post Comment

More देश

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award