देश

लोकसेवा आयोगमा सबैको पहुँच हुनुपर्छ–उपराष्ट्रपति पुन लोकसेवा आयोगमा सबैको पहुँच हुनुपर्छ–उपराष्ट्रपति पुन
काठमाडौँ, १ असार ।
लोकसेवा आयोगका हरेक गतिविधि अब मोबाइल एप्सबाट जानकारी लिन सकिने भएको छ । 
आयोगको ६७औँ वार्षिकोत्सवको अवसरमा आज उपराष्ट्रपति नन्दबहादुर पुनले सो मोबाइल एप्सको सार्वजनिक गर्नुभयो । गुगलबाट ‘पिएससी नेपाल’ मोबाइलमा डाउनलोड गरी मोबाइलबाटै विज्ञापन, परीक्षाको नतिजा र स्वीकृत नामावलीलगायत आयोगका प्रत्येक गतिविधिबारे जानकारी लिन सकिन्छ । 
 
त्यसैगरी आयोगले अनलाइन दरखास्त दिने व्यवस्थालाई थप सुधार गर्नुका साथै जतिसक्दो चाँडो अनलाइन पेमेन्टको समेत व्यवस्था गर्ने भएको आयोगले जनाएको छ । 
 
सो अवसरमा उपराष्ट्रपति पुनले दुर्गम क्षेत्रका नागरिकका लागि लोकसेवासम्म सहज पहुँचको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । 
 
“बेलाबेलामा संवैधानिक निकायमाथिको निष्पक्षतामा प्रश्न र गुनासाहरू उठिरहेको सन्दर्भमा लोकसेवा आयोगको निष्पक्षतामाथि अहिलेसम्म कुनै प्रश्न उठेको छैन, यो आफैँमा सकारात्मक हो” – उहाँले भन्नुभयो । 
 
समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले लोकसेवा आयोग राजनीतिक पार्टीको प्रभावमा नपर्ने र जागिरको भर्ती केन्द्र भन्दा टाढै रहने संस्था हो भन्नुभयो । नेपालमा भनसुन उद्योग फस्टाउँदै गएको भन्दै प्रधानमन्त्री देउवाले त्यसमा आयोग नितान्त फरक र अलग रहेको बताउनुभयो । 
आयोगको परीक्षण प्रविधिमा सुधार ल्याउन र गुणस्तरमा अभिवृद्धि गर्न राजपत्राङ्कित प्रथम श्रेणी अप्राविधिकतर्फको पाठ्यक्रममा आमूल परिवर्तन गरिएको अध्यक्ष उमेश मैनालीले जानकारी दिनुभयो । 
आयोगले वार्षिकोत्सवको अवसरमा तीनजना कर्मचारीलाई यो वर्षको उत्कृष्ट कर्मचारी पुरस्कारसमेत प्रदान गरेको छ । रासस 

Post Comment

More देश

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika News Up-Date

Starts at: 00:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award