देश

महासङ्घ कार्यालयको ताला खुल्यो महासङ्घ कार्यालयको ताला खुल्यो
काठमाडौँ, ६ फागुन ।
नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी खुलेको छ । महासङ्घ र प्रेस युनियन नेतृत्वबीच आज दुईबुँदे सहमति भएपछि तालाबन्दी खोलिएको हो।  
महासङ्घ नेतृत्वले नयाँ सदस्यता वितरणमा एकलौटी गरेको भन्दै युनियनले यही फागुन २ गते तालाबन्दी गरेको थियो । सहमति पत्रमा युनियनले सरोकार राखेका विषयलाई सम्बोधन गर्दै महासङ्घले आजै विज्ञप्ति जारी गर्ने र युनियनले महासङ्घको केन्द्रीय कार्यालयमा लगाएको ताला तत्काल खोल्ने उल्लेख छ । 
 
ताला खोलेपछि महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले युनियनले सरोकार राखेका विषयलाई महासङ्घले बुझेको बताउँदै महासङ्घ सबैको साझा संस्था भएकोमा जोड दिनुभयो । युनियनका अध्यक्ष बद्री सिग्देलले महासङ्घले आफ्नो साझा चरित्र बचाएर अघि बढ्नुपर्ने बताउँदै वास्तविक पत्रकारलाई मात्र महासङ्घको सदस्यता वितरण गर्नुपर्ने सुझाव दिनुभयो । 
 
महासङ्घले विधि, प्रक्रिया र अभ्यासलाई लत्याएर दल विशेषका कार्यकर्तालाई सदस्यता दिने र नवीकरण गर्ने गरेको कामप्रति अवगत गराउँदा पनि त्यसलाई बेवास्ता गरेका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको युनियनले जनाएको थियो । रासस 

Post Comment

More देश

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Shaja Sawal

Starts at: 21:20 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award