देश

रापअ प्रथम श्रेणीमा मागभन्दा १६६ गुणा बढी आवेदन
काठमाडौँ, ५ फागुन । 
लोकसेवा आयोगले राजपत्रअनङ्कित प्रथम श्रेणी ९नायब सुब्बा० पदमा माग गरेभन्दा करिब १६६ गुणा बढी आवेदन परेको छ । आयोगले माग गरेको चार सय ५८ पदमा ७६ हजार तीन सय ९९ जनाको आवेदन परेको दरखास्त सङ्कलन शाखाका अधिकृत नारायण गौतमले जानकारी गराउनुभयो । आयोगले गत पुसको अन्तिम सातादेखि माघ २८ गतेसम्म रापअ प्रथम श्रेणीका विभिन्न समूहका पदमा आवेदन माग गरेको थियो । अनलाइनमार्फत फाराम भरेकामध्ये ६७ हजार आठ ९८ जनाले आयोगमार्फत तथा अन्यले हुलाकमार्फत शुल्क बुझाएको उहाँले जानकारी गराउनुभयो । 
 
उहाँका अनुसार पाँच विकास क्षेत्रबाट आवेदकले फाराम भरेका थिए । रापअ प्रथम श्रेणी समूहमा नासुका लागि प्रशासन, परराष्ट्र, राजस्व, लेखा र न्यायसेवातर्फ विज्ञापन गरिएको थियो । नासुको यही फागुन २८ गते परीक्षा हँुदैछ । रासस 

Post Comment

More देश

Onair Now Onair Now

Kalika News Update

Started at: 14:00 HRS

Up Next

Sweet Home

Starts at: 14:10 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award