देश

शिक्षा नियमावली चाँडै ल्याइने
काठमाडौँ, ५ फागुन । 
सार्वजनिक शिक्षा क्षेत्रमा योगदान दिने तीन व्यक्तित्वलाई शिक्षा पत्रकार समूहको १७ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ सम्मान गरिएको छ । शिक्षा तथा लैङ्गिक समताका क्षेत्रमा कार्यरत दिदीबहिनी संस्थाका संस्थापक अध्यक्ष सलोनी सिंह, सिन्धुपाल्चोक मेलम्ची घ्याङ माविका प्रअ पूर्ण गौतम र पाल्पास्थित देववाणी संस्कृत तथा साधारण माविका शिक्षक कृष्णबहादुर थापालाई सम्मान गरिएको हो । 
 
कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेलले सार्वजनिक शिक्षाको सुधार र विकासका लागि शिक्षा ऐनबमोजिम चाँडै शिक्षा नियमावली आउने जानकारी दिनुभयो । व्यवस्थापिका–संसद्, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिका सभापति रञ्जुकुमारी झाले सरकारले शिक्षा नियमावली ल्याउन ढिलाइ गरेकामा गुनासो गर्दै समयमा पाठ्यपुस्तक उपलब्ध गराउन नसक्ने निकायलाई कारबाही गर्न माग गर्नुभयो । सांसद् जीवन परियार, शिक्षा मन्त्रायका सचिव शान्तबहादुर श्रेष्ठ, शिक्षाविद् प्रा केदारभक्त माथेमालगायतले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षक जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । रासस 

Post Comment

More देश

Onair Now Onair Now

Spell The Word

Started at: 14:10 HRS

Up Next

Kalika Highlites

Starts at: 15:00 HRS

Kalika 91 - Nonstop music

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award