देश

तीन दिनदेखि जिविस र नगरपालिका बन्द तीन दिनदेखि जिविस र नगरपालिका बन्द
गाईघाट उदयपुर, ५ फागुन । 
स्थानीय निकायका कर्मचारीको आन्दोलन र विभिन्न मागको कारण उदयपुरमा तीन दिनदेखि जिविस र नगरपालिका पूर्णरुपमा बन्द हुन पुगेको छ । जिविस र नगरपालिका बन्द हुँदा अहिले दैनिक विभिन्न सरकारी कामको सेवा लिन जाने सोवाग्राही जनता भने सम्बन्धित कार्यालयमा पुगेर रित्तै फर्कन थालेका छन् । सुरुमा हातमा कालोपट्टि बाँधेर विरोध जनाएर आफ्नो माग राख्दै आएका स्थानीय निकायका कर्मचारी अहिले दैनिक कार्यालय नै बन्द गराएर आन्दोलनमा उत्रिन परेको आन्दोलनमा आबद्ध कर्मचारी बताउँछन् । 
 
स्थानीय निकायअन्तर्गत जिल्लाका नगरपालिका, जिविस र गाविसका समेत रहँदै आएका अस्थायी र करारका कर्मचारीलाई स्थायी गर्नुपर्ने र अन्य सेवासुविधाको समेत राज्यले व्यवस्था गर्न पर्ने आफूहरुको १३ बुँदे माग रहेको कुरा आन्दोलनरत कर्मचारी सङ्घका उदयपुर अध्यक्ष भूपध्वज रायमाझीले बताउनुभयो । रासस 

Post Comment

More देश

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Love Guru

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award