देश

प्रजातन्त्रका सेनानी गुरुङ रहेनन्
विद्रोही गिरी
नवलपरासी, १४ फागुन ।
प्रजातन्त्र सेनानी तथा नेपालका पहिलो अन्र्तराष्ट्रिय बक्सिङ्ग खेलाडी प्रेमबहादुर गुरुङ्गको ९६ बर्षको उमेरमा  निधन भएको छ । गरुङ्गको नवलपरासीको कावासोती– ८ स्थित आफ्नै निबासमा निधन भएको हो ।
वि.स.२००७ सालमा नेपालमा प्रजातन्त्र स्थापनाका लागि भारतीय सेनाको जागीर छाडेर   विपी कोइराला संगै नेपाली प्रजातान्त्रीक आन्दोलनमा सहभागी हुनु भएका गुरुङको निधनले कावासोती क्षेत्र शोकमा डुबेको छ । कावासोती क्षेत्रमा बस्ती बसाउन अगुवा समेत भएकाले उहा प्रति श्रद्धाञ्जली ब्यक्त गर्नेहरुको संख्या उल्लेखनीय रहेको छ । 
  नेपालमा प्रजातन्त्र ल्याउन भारत र नेपालका बिभिन्न राजनीति क्रियाकलापमा सहभागी हुनु भएको उहां वीपी कोइरालाको बिश्वास पात्रको रुपमा रहनु भएको थियो ।  केही समय उहाँ  कोइरालाको  अङगरक्षकको रुपमा हुनुहुन्थ्यो ।  प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको कदर गर्दै उहांलाई बिक्रम संवत वि.स.२०६१ सालमा नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजा प्रसाद कोइरालाले प्रजातन्त्र सेनानीको रुपमा गुरुङ सम्मान गर्नु भएको थियो ।
भारतीय सेनाको मेजरको जागीर छाडेर प्रजातन्त्र स्थापनामा क्रियाशिल हुनुु भएका गुरुङ्ग नेपालमा प्रजान्तत्र स्थापना पश्चात २०१५ सालमा नेपालको सुरक्षा निकायमा जागिरे हुनु भयो पछि भन्सार छलिका क्रममा पक्राउ परेको सुन राजपरिवारको भएको भन्दै उच्च पदस्त व्यक्तिहरुले सुन छाड्न दवाव दिएपछि उहां सरकारी जागिर नै छाड्नु भएको थियो । 
खेल प्रेमी गरुङ्ग नेपालका लागि अन्र्तराष्ट्रिय बक्सिङ्ग प्रतियोगितामा सहभागी हुने पहिलो खेलाडीका रुपमा परिचित हुनुहुन्छ । कावासोतीमा बस्ती बसाल्ने श्रेय समेत गुरुङ्गलाई जाने गर्दछ । उहाले बिक्रम संवत २०२८ सालमा तत्कालिन सरकारले अनुमति नदिएको अवस्थामा भूमी विद्रोह गर्दै बाराको तामागढिबाट १ सय ९९ घर धुरीलाई  कावासोती क्षेत्रमा ल्याएर बसोबास गराउनु भएको थियो । पछि उहांकै पहलमा बिक्रम संवत २०२९ सालमा यहांको बस्तीले आधिकारिकता  पाएको थियो । कावासोतीको पहिलो प्रधानपञ्च भएर करिव १० बर्ष कार्य गर्नु भएको थियो । 
सामाजिक रुपमा ठुलो योगदान गरेका गुरुङका तीन श्रीमती  र दुई छोरा रहनु भएको छ । उहांको छोरा दीपक गुरुङ नेपाली सेना पूर्व जर्नेल हुनुहुन्छ । सामाजिक रुपमा उहांको योगदान अतुलनीय रहेको श्रद्धाञ्जली ब्यक्त गर्न पुगेका नवलपरासी क्षेत्र नं.२ का सभासद् जीवन श्रेष्ठले बताउनु भयो ।  राजनैतिक पार्टी भन्दा पनि सामाजिक हितलाई सर्वोपरी भ मान्नुहुन्थ्यो  सभासद् श्रेष्ठले भन्नुभयो–‘  समाजिक भावानाको ब्यक्तित्वको रुपमा हामीले उहांलाई स्मरण गछौं ’ । 
गुरुङको  शोकमा आज कावासोती क्षेत्रका शिक्षण संस्था, बजार बन्दगरिएको छ ।
 
 प्रजातन्त्रका सेनानी गुरुङ रहेनन् 
विद्रोही गिरी
नवलपरासी, १४ फागुन । प्रजातन्त्र सेनानी तथा नेपालका पहिलो अन्र्तराष्ट्रिय बक्सिङ्ग खेलाडी प्रेमबहादुर गुरुङ्गको ९६ बर्षको उमेरमा  निधन भएको छ । गरुङ्गको नवलपरासीको कावासोती– ८ स्थित आफ्नै निबासमा निधन भएको हो ।
वि.स.२००७ सालमा नेपालमा प्रजातन्त्र स्थापनाका लागि भारतीय सेनाको जागीर छाडेर   विपी कोइराला संगै नेपाली प्रजातान्त्रीक आन्दोलनमा सहभागी हुनु भएका गुरुङको निधनले कावासोती क्षेत्र शोकमा डुबेको छ । कावासोती क्षेत्रमा बस्ती बसाउन अगुवा समेत भएकाले उहा प्रति श्रद्धाञ्जली ब्यक्त गर्नेहरुको संख्या उल्लेखनीय रहेको छ । 
  नेपालमा प्रजातन्त्र ल्याउन भारत र नेपालका बिभिन्न राजनीति क्रियाकलापमा सहभागी हुनु भएको उहां वीपी कोइरालाको बिश्वास पात्रको रुपमा रहनु भएको थियो ।  केही समय उहाँ  कोइरालाको  अङगरक्षकको रुपमा हुनुहुन्थ्यो ।  प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको कदर गर्दै उहांलाई बिक्रम संवत वि.स.२०६१ सालमा नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजा प्रसाद कोइरालाले प्रजातन्त्र सेनानीको रुपमा गुरुङ सम्मान गर्नु भएको थियो ।
भारतीय सेनाको मेजरको जागीर छाडेर प्रजातन्त्र स्थापनामा क्रियाशिल हुनुु भएका गुरुङ्ग नेपालमा प्रजान्तत्र स्थापना पश्चात २०१५ सालमा नेपालको सुरक्षा निकायमा जागिरे हुनु भयो पछि भन्सार छलिका क्रममा पक्राउ परेको सुन राजपरिवारको भएको भन्दै उच्च पदस्त व्यक्तिहरुले सुन छाड्न दवाव दिएपछि उहां सरकारी जागिर नै छाड्नु भएको थियो । 
खेल प्रेमी गरुङ्ग नेपालका लागि अन्र्तराष्ट्रिय बक्सिङ्ग प्रतियोगितामा सहभागी हुने पहिलो खेलाडीका रुपमा परिचित हुनुहुन्छ । कावासोतीमा बस्ती बसाल्ने श्रेय समेत गुरुङ्गलाई जाने गर्दछ । उहाले बिक्रम संवत २०२८ सालमा तत्कालिन सरकारले अनुमति नदिएको अवस्थामा भूमी विद्रोह गर्दै बाराको तामागढिबाट १ सय ९९ घर धुरीलाई  कावासोती क्षेत्रमा ल्याएर बसोबास गराउनु भएको थियो । पछि उहांकै पहलमा बिक्रम संवत २०२९ सालमा यहांको बस्तीले आधिकारिकता  पाएको थियो । कावासोतीको पहिलो प्रधानपञ्च भएर करिव १० बर्ष कार्य गर्नु भएको थियो । 
सामाजिक रुपमा ठुलो योगदान गरेका गुरुङका तीन श्रीमती  र दुई छोरा रहनु भएको छ । उहांको छोरा दीपक गुरुङ नेपाली सेना पूर्व जर्नेल हुनुहुन्छ । सामाजिक रुपमा उहांको योगदान अतुलनीय रहेको श्रद्धाञ्जली ब्यक्त गर्न पुगेका नवलपरासी क्षेत्र नं.२ का सभासद् जीवन श्रेष्ठले बताउनु भयो ।  राजनैतिक पार्टी भन्दा पनि सामाजिक हितलाई सर्वोपरी भ मान्नुहुन्थ्यो  सभासद् श्रेष्ठले भन्नुभयो–‘  समाजिक भावानाको ब्यक्तित्वको रुपमा हामीले उहांलाई स्मरण गछौं ’ । 
गुरुङको  शोकमा आज कावासोती क्षेत्रका शिक्षण संस्था, बजार बन्दगरिएको छ ।
 
Post Comment

More देश

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award