देश

स्थानीय मागमा आधारित योजना छनौट आवश्यक
रुपेश दुलाल
हेटौँडा, १३ फागुन
राष्ट्रिय योजना आयोगले छनौट गर्ने विकास स्थानीय मागमा आधारित हुनुपर्ने हेटौँडामा आयोजित एक कार्यक्रमका सहभागीले सुझाव दिएका छन् । राष्ट्रिय योजना आयोगले बुधबार गरेको क्षेत्रिय गोष्ठीमा सहभागी सरोकारवालाहरुले यस्तो सुझाव दिएका हुन् ।
 
कार्यक्रममा सभासद् इन्द्रबहादुर बानियाँ, सुवासचन्द्र ठकुरी, अनन्त पौडेल, राजाराम स्यांतान लगायतले स्थानीय मागमा आधारित योजनामा योजना आयोगले प्राथमिकता दिनुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. चन्द्रमणी अधिकारी र भारतेन्द्र मिश्रले विगतका योजना छनौटमा देखिएका त्रुटिलाई सुधार गर्दै लैजानुपर्ने बताउनुभयो ।
 
मकवानपुरका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको अध्यक्षतामा शुरु भएको दुई दिने “जिल्लास्तरीय बार्षिक विकास कार्यक्रम, दिगो विकास लक्ष्य तथा राष्ट्रिय योजना आयोगको पुर्नसंरचना” विषयक क्षेत्रीय गोष्ठीमा जिल्लास्तरीय सरकारी कार्यालयका प्रमुख, राजनैतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको छ ।

Post Comment

More देश

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award