देश

होमस्टेमा पर्यटक नआएपछि स्थानीय चिन्तित
बेनी ९ म्याग्दी, १३ फागुन ।
म्याग्दीको कुहुँ गाविस पूर्णगाउँमा ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले करिब दुई वर्ष अगाडि होमस्टे ९घरबास० सञ्चालन गरिए पनि उद्घाटन कार्यक्रमबाहेक एक जना पनि पर्यटक बास बस्न गएका छैनन् । 
विभिन्न सङ्घसंस्थाको पहल तथा स्थानीयको लगानीमा आवश्यक पूर्वाधार बनाइएपनि प्रचारप्रसार र सम्बन्धित निकायले चासो नदेखाएपछि समस्या भएको हो । 
 
म्याग्दीको पर्यटकीयस्थलको भ्रमण गर्ने रुट आसपासका क्षेत्रमा सञ्चालन गरिए पनि अपेक्षा गरेअनुसार सफल हुन नसकेको कुहुँ पूर्णगाउँस्थित राष्ट्रिय जनजागृति माविका प्रधानाध्यापक टेकबहादुर राम्जालीले बताउनुभयो । 
 
“होमस्टेमा पर्यटक पठाउने प्रतिबद्धता जनाएकाले नै चासो देखाएका छैनन् । गाउँलेले व्यक्तिगत लगानीमा समेत आवश्यक साम्रगी जुटाएका थिए” राम्जालीले भन्नुभयो । पर्यटकीयस्थल टोड्केमा होमस्टेको सम्भावनका बारेमा बुझ्न गएको टोलीलाई स्थानीयवासीले होमस्टेसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँसम्म ल्याउन आग्रह गरेका थिए । 
 
ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च ९भिटोअप० नेपाल र म्याग्दी उद्योग वाणिज्य सङ्घको सहकार्यमा म्याग्दीको कुहुँ टोड्के, झिँ र पात्लेखेतको वाखेतमा होमस्टेका लागि सम्भाव्यता अध्ययनको क्रममा पूर्णगाउँका स्थानीयले आफ्नो समस्यामा बारेमा जानकारी गराएका थिए । 
 
पूर्णगाउँका समाजसेवी दुर्गादत्त आर्चायले ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल ९टान० पश्चिमाञ्चल, नेपाल पर्यटन बोर्ड, पर्वतारोहण सङ्घ अन्नपूर्ण च्याप्टर, पर्यटन कार्यालय पोखरा, जिविस म्याग्दीलगायत अन्य गैरसरकारी संस्थाले आर्थिक तथा प्राविधिक सहयोगमा होमस्टे सञ्चालन गरिए पनि उद्घाटनपछि पर्यटकको आगमन नभएको बताउनुभयो । 
 
टोड्केलाई लक्षित गरेर पूर्णगाउँको होमस्टेलाई स्तरोन्नति गर्ने, झिँ र वाखेतमा समेत स्थापना गरी पर्यटकलाई आर्कषित गर्ने लक्ष्यका साथ स्थानीयसँग छलफल गरिएको थियो । कुहुँ, पाखापानी, वाखेत, घारको खिवाङ, शिखको पाउद्धार, विम, मुदी, ताकमलगायत विभिन्न गाविसमा आवश्यक तालिमसहित पूर्वाधार विस्तार गरिएको छ । रासस 
 

Post Comment

More देश

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award