देश

चार वर्षदेखि गाउँ अन्धकार
वीरगन्ज ९ पर्सा, १३ फागुन । 
जिल्लाको सुर्जाहा गाविसको तीनवटा वडा विगत चार वर्षदेखि अन्धकारमय भएको छ । 
 
स्थानीयस्तरमा गठन गरिएको विद्युत् उपभोक्ता समितिले स्थानीयसँग विद्यु्त महसुल उठाए पनि नेपाल विद्युत् प्राधिकरण वीरगन्ज शाखालाई भुक्तानी नगरेपछि प्राधिकरणले विद्युत् सेवा काटिदिएपछि स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन् । 
 
विगत चार वर्षदेखि विद्युत् सेवाविहीन अवस्थामा आफूहरु रहेको सुर्जाहा गाविस– ७, ८ र ९ का स्थानीयले बताएका छन् । तर, विद्युत् उपभोक्ता समितिका अध्यक्ष लक्ष्मी महतो कोइरीले अब छिट्टै विद्यु्त् महसुल बुझाउने प्रतिक्रिया दिनुभयो । 
 
यसैगरी पर्साको धोबिनी गाविसको वडा नम्बर ३, ४, ५ र ६ का स्थानीय पनि विगत तीन महिनादेखि विद्युत्विहीन भएको स्थानीयले बताएका छन् । 
 
सोही स्थानमा गठन गरिएको विद्युत् समितिका अध्यक्ष इद्रिश मियाँले महसुस नबुझाएका कारण लाइन काटिएको भन्दै तत्काल भुक्तानी गर्ने बताउनुभयो । गाउँमा विद्युत् सेवा अवरुद्ध भएपछि आफूहरु प्रत्यक्ष मारमा परेको स्थानीयले बताएका छन् । 
 
विद्युत् नहुँदा सो ठाउँका सबै कुटानीपिसानी उद्योगसमेत बन्द भएका छन् । रासस 
 

Post Comment

More देश

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award