- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
देश
ताप्लेजुङमा जिविसको बेरुजु २२ बर्षको आन्तरिक आम्दानी बराबर ।
रविन भट्टराई
ताप्लेजुङ, फागुन १२ ।
ताप्लेजुङ जिल्ला विकास समितिको बेरुजु रकम आफ्नो २२ बर्षको आन्तरिक आम्दानी बराबरको रहेको पाईएको छ । मंगलवार सकिएको जिल्ला विकास समितिको २२ औं परिषद् बैठकमा स्थानीय विकाश अधिकारी तिर्थप्रसाद धितालले अहिले जिविसको बेरुजु रकम ७ करोड ९४ लाख ५ सय ४६ रुपैंया रहेको जानकारी दिए । धितालका अनुसार बेरुजु रकम मध्ये केन्द्रिय अनुदान तर्फ ४ करोड ३४ लाख ६० हजार ८ सय २० तथा आन्तरिक कोष तर्फको ३ करोड ५९ लाख ३९ हजार ७ सय २६ रुपैंया रहेको छ ।
जिविसका आन्तरिक लेखा परीक्षक भुपालकुमार सेन्दाङका अनुसार चालु आर्थिक बर्षको आन्तरिक आय भने ३६ लाख २५ हजार हुने अनुमान रहेको छ । चालु बर्षको अनुमान भन्दा तीन गुणा बढी रकम आगामी आर्थिक बर्षको आन्तरिक आय हुने अनुमान जिल्ला विकास समितिले लिएको छ । स्थानीय विकाश अधिकारी धितालले परिषद् बैठकमा आर्थिक बर्ष २०७२÷०७३ का लागि स्थानीय कर, सेवा शुल्क र निकासी एवम् बिक्री करबाट ५३ लाख ४५ हजार तथा राजश्व बांडफांडबाट ७६ लाख ५० हजार गरी कुल १ करोड २९ लाख ९५ हजार रुपैंया आन्तरिक आम्दानी रहने प्रक्षेपण गरेका छन् ।
जिल्ला किास समितिका अनुसार चालु आर्थिक बर्षको माघ मसान्त सम्ममा ४ करोड २१ लाख ६२ हजार २८ रुपैंया बेरुजु फस्र्यौट भएको छ । बिगत आव देखि हाल सम्म केन्द्रिय अनुदान तर्फ ८ करोड ५६ लाख २२ हजार ८ सय ४८ तथा आन्तरिक आय तर्फ ३ करोड ५९ लाख ३९ हजार ७ सय २६ रुपैंया तथा गरी कुल १२ करोड १५ लाख ६२ हजार ५ सय ७४ रुपैंया बेरुजु रहेकोमा चालु आव सम्मको फस्र्यौट पछि करिव ८ करोड हाराहारीमा झरेको हो ।
जिविसका आन्तरिक लेखा परीक्षक सेन्दाङले पञ्चायतकालिन समय देखि हाल सम्मकै बिभिन्न शिर्षकमा बेरुजु रहेको जानकारी दिए । योजना सम्झौता भएपनि कार्य सम्पन्न भएको प्रतिबेदन तथा खर्च पुष्टी गर्ने कागजात नपुगी फस्र्यौट हुन बाकी रहेको अवस्थालाई बेरुजु भन्ने गरिन्छ । सेन्दाङका अनुसार सबैभन्दा बढी बेरुजु पुर्वाधार निमार्ण तर्फको रहेको छ । सामाजिक सुरक्षा भत्ता तथा केन्द्रिय अनुदान तर्फको रकमको ठूलो हिस्सा बेरुजु रहेको उनले जानकारी दिए ।
जिविसले बेरुजु फस्र्यौटमा उल्लेखनिय सफलता नपाउदा न्युनतम् शर्त तथा कार्य सम्पादन मुल्याङकन(एमसिपिएम)को नतिजामा समेत प्रभाव पर्ने ठहर्याउदै आगामी आवमा बेरुजु फस्र्यौटलाई उच्च प्राथामिकतामा राख्ने नीति लिएको छ । एमसिपिएममा ७२ अंक सहित मेची अञ्चलको पहिलो भएपनि अपेक्षाकृत नतिजा नआएको भन्दै जिविसले बेरुजु फस्र्यौटको कार्यलाई आउदो आर्थिक बर्षबाट कडाईका साथ कार्यान्वयन गर्ने स्थानीय विकाश अधिकारी धितालले जानकारी दिए । बेरुजु फस्र्यौटका लागि उच्च प्राथामिकता दिने बिषयलाई जिल्ला विकास समितिको परिषद् बैठकले पारित गरेपनि फस्र्यौटका लागि अवलम्बन गरिने नीति तथा कार्यक्रम भने उल्लेख छैन ।
२ अर्व ७० करोडको बजेट
मंगलवार सकिएको ताप्लेजुङ जिल्ला विकास समितिको २२ औं जिल्ला परिषद्ले आर्थिक बर्ष २०७२।०७३ का लागि २ अर्व ७० करोडको प्रस्तावित बजेटलाई पारित गरेको छ । परिषद् बैठकमा स्थानीय विकाश अधिकारी तिर्थप्रसाद धितालले २ अर्व ७० करोड ४९ लाख ८८ हजार ५ सय ९५ रुपैंयाको बजेट पेश गरेका थिए ।
कुल बजेट मध्ये पुजींगत तर्फ २ अर्व ३४ करोड ८ लाख ६३ हजार ८ सय ६० रुपैंया र चालु तर्फ ३६ करोड ४१ लाख २४ हजार ७ सय ३५ रुपैंया रहेको छ । अघिल्लो बर्ष तत्कालिन स्थानीय विकाश अधिकारी भरतमणि पाण्डेले २ अर्व २० करोड ३३ लाख ८६ हजार रुपैंैया बराबरको बजेट पेश गरेका थिए । धितालका अनुसार जिल्ला विकास समितिको पुजींगत खर्च ३६ करोड ५ लाख २१ हजार तथा चालु खर्च ५ करोड ८७ लाख ४ हजार ५ सय रुपैंया रहेको छ । यस्तै गाविस अनुदान कार्यक्रम अन्र्तगत पुंजीगत तर्फ ६ करोड ८३ लाख ८४ हजार तथा चालु तर्फ २ करोड २३ लाख ३९ हजार रहेको धितालले प्रस्तुत गरेको प्रस्तावित बजेटमा उल्लेख छ ।
सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत चालु तर्फको खर्च ७ करोड १ लाख रहदा बिषयगत कार्यालय तर्फको पुजंीगत खर्च १ अर्व २६ करोड ८७ लाख १४ हजार तथा चालु खर्च १६ करोड १८ लाख ६ हजार ६ सय ३५ रुपैंया रहेको छ । गैर सरकारी संस्था तर्फ भने ६४ करोड ३२ लाख ४४ हजार ८ सय ६० रुपैंया पुंजीगत तर्फको खर्च देखिदा ५ करोड ११ लाख ५७ हजार ६ सय रुपैंया चालु खर्च रहेको जिविसले जनाएको छ । यसअघि संबिधानसभाका सदस्य तथा पुर्व स्थानीय विकाश मन्त्री सुर्यमान गुरुङले परिषद् बैठकको उद्घाटन गरेका थिए ।
बैठकमा सार्वजनिक गरिने नीति, कार्यक्रम र प्रस्तावित बजेटको पुस्तिका गुरुङ र ताप्लेजुङ क्षेत्र नं १ बाट निर्वाचित सभाषद् भुपेन्द्र थेवेले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा जिल्ला अदालतका न्यायधिस कृष्णप्रसाद सुबेदी, पुर्व सभाषद् सञ्चपाल मादेन, पुर्व सांसद तिलकुमार मेन्याङवो र प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौला लगायतको उपस्थिति रहेको थियो ।
Post Comment
More देश
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ
- कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
- रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न
- थुम्सीमा व्यावसायिक रुपमा खरायोपालन
- औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी
- बढी पर्यटक भित्रिएको वर्ष–२०७४
- बाल विवाह गर्ने जोडीलाई रुँदारुँदै बिछोड गरायो रोल्पा प्रहरीले
- सुरक्षित मातृत्व अभियान वर्ष घोषणा
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





