देश

गाउँमै माध्यमीक बिद्यालय चाहीयोः लोथरबासी ।
कालिका फागुन १२ ।
 
चितवनको पहाडी गाविस लोथरमा रहेको निम्न माध्यमीक बिद्यालयलाई आवासीय माध्यमीक बिद्यालय बनाउन स्थानीयले माग गरेका छन् । जिल्ला विकास समिती चितवन र भष्ट्राचार विरुद्ध अभियान चितवनले संयुक्त रुपमा गरेको सार्वजनीक सुनुवाई कार्यक्रममा लोथर, कोराक, शक्तीखोर र सिद्धी गाविसका स्थानीय बासिन्दाले यस्तो आग्रह गरेका हुन् ।
 
गाउँमै माध्यमीक तहसम्म पढाई हुन नसक्दा आफ्ना छोराछोरीलाई उच्च तहमा पढाउन समस्या भएकोले गाउँमै बिद्यालयको स्तर उन्नती गर्न सके सहज हुने भन्दै जिविस समक्ष माग गरेका हुन । जवाफमा स्थानीय विकास अधिकारी भरतमणी पाण्डेको स्थानीयको माग पुरा गर्नका लागी सम्बन्धीत निकायलाई आवश्यक कारबाही अगाडी बढाउन निर्देशन दिने आश्वासन दिनुभएको थियो । प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विके को प्रमुख आतीथ्यतामा भएको कार्यक्रममा प्रशासनबाट हुने विकासका काममा स्थानीयको प्रत्यक्ष सहभागीताका लागी सहभागीहरुले जोड दिएका छन् ।
 
स्थानीय बिकास अधिकारी भरतमणी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा भष्ट्राचार विरुद्ध अभियान चितवनका अध्यक्ष भिम बहादुर श्रेष्ठ, अभियानका पदााधीकारी, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु लगायतको उपस्थिती रहेको थियो ।
 
यसैबिच कार्यक्रममा जिल्ला प्रशासन कार्यालयले घुम्ती शिविर समेत सुरु गरीएको छ । नागरीकता वितरणका लागी सञ्चालन गरीएको घुम्ती शिविरबाट लोथर, कोराक, शक्तीखोर र सिद्धी गाविसमा नागरीकता नपाएका सर्वसाधारणले शिविरबाटै सेवा लिएका छन् । शिविर बुधबार सम्म चल्नेछ । अन्य सरकारी कार्यालयले पनी स्थानीयको सुबिधालाई मध्यनजर गर्दे कार्यालयबाट दिईने सेवा प्रदानका लागी घुम्ती शिविर सञ्चालन गर्ने जनाएका छन् । कार्यक्रममा अभियानकी कार्यक्रम अधिकृत शर्मिला पण्डित र रिता कण्डेलले सहजीकरण गर्नुभएको थियो ।

Post Comment

More देश

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award