देश

धादिङ अस्पताललाई अल्ट्रासाउन्ड मेसिन सहयोग
धादिङ, १२ फागुन । ओनहार्ट वल्र्डवाइड नेपालले धादिङ अस्पताललाई दुईवटा अल्ट्रासाउन्ड मेसिन सहयोगस्वरुप उपलब्ध गराएको छ । 
 
धादिङ अस्पतालमा रहेको मेसिन बिग्रेको कारण केही समयदेखि अल्ट्रासाउन्ड सेवा प्रभावित हुँदै आएको थियो । महिलाको गर्भमा रहेको बच्चाको अवस्था पत्ता लगाउनसमेत प्रयोग गरिने अल्ट्रासाउन्ड मेसिन ओनहार्ट वल्र्डवाइड नेपालका निर्देशक सिग्दीले जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक जीवनकुमार मल्ललाई हस्तान्तरण गर्नुभयो । 
 
जिल्ला स्वास्थ्य कार्यालयसँगको सहकार्यमा ओनहार्ट वल्र्डवाइड नेपालले रु पाँच करोडको लगानीमा चार वर्षसम्म जिल्लामा आमा र शिशुको मृत्युदरमा कमी ल्याउन मातृशिशु कार्यक्रमसमेत सञ्चालन गर्दैछ । 
 
जिल्लाको दूरदराजमा समेत सहजै स्वास्थ्य सेवा उपलब्ध गराएर गर्भवती आमा र शिशुको ज्यान बचाउने उद्देश्यका साथ जिल्लामा चार वर्षका लागि मातृशिशु कार्यक्रम सञ्चालन गर्न लागिएको सो संस्थाले जनाएको छ । रासस

Post Comment

More देश

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award