देश

प्रशासनले खरिद गरेकै मिनरल वाटर भित्र मरेको मुसा र लेदो भेटियो
जितेन्द्र भण्डारी
पाँचथर,फागुन ९,
पाँचथरको फिदिममा रहेको एक पसलमा मिनरल वाटर भित्र मरेको मुसा र लेदो भेटिएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरको आज नवनिर्मित भवनको गृहसचिव सूर्य प्रसाद सिलवालले गर्ने उद्घाटन कार्यक्रममा फिदिम स्थित तिमल्सना स्टोर्सले दिएको २० काटुन मिनरल वाटर भित्र मरेको मुसा र लेदो भेटिएको प्रशासन कार्यालयका खरिदार सुरेन्द्र दाहालले वताउनुभयो ।
 
 उहाँले भन्नुभयो,“आज हुने नवनिर्मित भवनको उद्घाटनका क्रममा खरिद गरेका पानीको वोतल खोलेर पानी खान खोज्दा मरेको मुसा र लेदो भेटिएको हो ।”
 
यस्तै उक्त पानी २०१४ अक्टोवरमै म्याद सकिएको पाइएको थियो । उक्त मिनरल वाटर इलाम स्थित वाटर इन्ड्रस्टिज प्रा.लि.ले वजारमा ल्याएको हो ।
 
यसैविच तिम्लसेना स्टोर्सका प्रोपाइटर प्रकाश तिमल्सेनाले कम्पनीमै फिर्ता गर्न लैजानका लागि लगिएको पानी नयाँ कामदारले भूलवश दिएको वताउनुभयो । यता प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलले भने यसवारे छानविन गरिने वताउनु भएको छ । 

Post Comment

More देश

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award