देश

विभिन्न कार्यक्रम सहित मातृभाषा दिवस मनाईयो
अजय कुमार झा
जनकपुरधाम, फागुन ९ । अन्तर्राष्ट्रिय मातृभाषा दिवस जनकपुरमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरेर मैथिली मातृ भाषा भाषिहरुले मैथिली मातृभाषा दिवस मनाईएको छ ।
 
विभिन्न दुई दर्जन संस्थाहरुको आयोजनामा सडक नाटक, कवि गोष्ठी, सांस्कृतिक कार्यक्रा तथा विचार गोष्ठी आयोजना गरेर मैथिली मातृभाष दिवस मनाएका छन् ।
 
जनकपुरको शिवचौकमा आयोजना गरिएको कार्यक्रममा सहभागिहरुले संविधान सभाबाट बन्ने संविधानले सवै भाषाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने आशा व्यक्त गर्नु भएको थियो ।
नेपालमा अन्तरिम संविधान २०६३ लागु भएपछि मातृभाषा दिवस मनाउन थालिएको छ । कार्यक्रमको अध्यक्षता सह प्रध्यापक विजय दत्तको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Post Comment

More देश

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award