देश

शिक्षा कार्यालयले तलव निकाशा नदिएको प्रति शिक्षकहरुको आपत्ति
जितेन्द्र भण्डारी पाँचथर,फागुन ९,
माघ महिनामै तलव दिइसक्नुपर्ने भएपनि जिल्ला शिक्षा कार्यालय पाँचथरले अहिले सम्म दोस्रो चौमासिकको तलव निकासा नगरेको प्रति शिक्षकहरुले गुनासो गरेका छन् ।
 
माघ महिनामै तलव दिइसक्नुपर्ने भएपनि फागुनको पहिलो साता वित्दा पनि अहिलेसम्म निकाशा नदिएको लुङरुपा स्थित सिदेश्वरी मावि फेजुङका शिक्षक तेज बहादुर थापाले वताउनुभयो । यस्तै जिल्लाका अन्य शिक्षकहरुले पनि तलव निकाशा चाडो गर्न जिल्ला शिक्षा कार्यालयलाई माग गरेका छन् ।
 
यता जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले विद्यालयले माग फारमनै नवुझाएकोले तलव निकाशा गर्न नसकिएको वताउनुभयो । उहाँले सवै विद्यालयलाई चाडो माग फारम वुझाउन आग्रह गर्नुभयो ।

Post Comment

More देश

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award