देश

पत्रकार गिरी सम्मानित पत्रकार गिरी सम्मानित
कावासोती, ९ फागुन ।
 
बाल क्बल देखि सामाजिक क्षेत्रमा प्रवेश गरी पत्रकारिताको माध्यम मार्फत सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै   जागृति बाल तथा युवा सरोकार नेपाल नवलपरासीले कालिका एफएमका  पत्रकार विद्रोही गिरीलाई सम्मान गरेको छ ।  देवचुली नगरपालिकाको गैंडीमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले उहाँलाई सम्मान गर्नु भएको हो । 
 
बालबालिकाको  अधिकार स्थापित गर्न पहल गरेको भन्दै अर्को पत्रकार केवी रानालाई समेत सम्मान गरिएको छ । बाल क्बल मार्फत गिरी राना  सामाजिक क्षेत्रमा आएका हुन्  । यी दुबै बाल पत्रकारिता मार्फत पत्रकारिता प्रवेश गरेका हुन्  । बाल बालिकाले संगठन खोल्न पाउनुपर्छ भन्दै कानूनी लडाई गरेको जागृति बाल क्बलको स्थापना पछि बाल क्बलहरु फष्टाउदै गएको  छ । त्यसैगरी साहित्यकार कृष्णदेवी शर्मा श्रेष्ठ, शिक्षक होमनाथ जैसी, देवचुली नगरपालिकाका बालपरापर्शदाता खिमानन्द भुषाल  सम्मान गरिएको थियो ।
 
त्यसै गरी अमरबाल क्बल देवचुलीले बाल अधिकारकर्मी एवम् जागृतिबाल क्बलका संस्थापक अध्यक्ष तिलोत्तम पौडेल सुर्य कुमार स्मृति पुस्तकालय भवनका लागि जग्गा प्रदान गर्ने हुकबहादुर विश्वकर्मा लगाएकालाई सम्मान गरेको छ । उहाँहरु सबैलाई जनालाई परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएएको थियो । 

Post Comment

More देश

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award