देश

जाडो याम सकिन लाग्दा ताप्लेजुङ र सोलुखुम्बुमा हिमपात ।
रविन भट्टराई÷ताप्लेजुङ
माघ २९,
विहिबार दिउँसो देखि अकस्मात बढेको चिसो सँगैको ताप्लेजुङको माथिल्लो क्षेत्रमा हिमपात भएको छ भने तल्लो क्षेत्रमा हल्का वर्षा सँगै चिसो बढेको छ ।
 
जिल्लाको पाथिभरा क्षेत्र सँगै, घुन्सा, ओलाङ्चुङगोला लगायतका माथिल्लो क्षेत्रमा हिले पनि हिमपात जारी रहेको छ । उता सोलुखुम्बुको माथिल्लो भेग खुम्बु क्षेत्रमा पनि आज दिउँसोदेखि हिमपात भएको छ । जाडो याम सकिने बेलामा चिसो ह्वात्तै बढेपछि खुम्बु क्षेत्रको नाम्चे, चौँरीखर्क, खुम्जुङलगायतका क्षेत्रमा हिमपात भएको हो ।
 
दिउँसोदेखि परेको हिमपातले स्थानीयको जनजिवन केहि मात्रामा प्रभावित भएपनि पर्यटकहरुले हिउँ खेलेर मज्जा लिइरहेका छन् । 

Post Comment

More देश

Special Programs

Kalika Events

  • 12th Music Award