देश

एकाबिहानै सेवा लिन सरकारी कार्यालय आउँदैनन्
काँकडभिट्टा ९झापा०, २९ माघ ।
सरकारले बिहान ६ देखि बेलुका ६ बजेसम्म केही सरकारी कार्यालयमा सेवा दिने प्रचलन सुरु गरे पनि सेवाग्राही भने शून्य छन् । 
 
सेवा दिने नियम लागू गरिएपछि झापाको चन्द्रगढी र दमकका मालपोत र नापी शाखा मात्र होइन, विर्तामोडको यातायात व्यवस्था कार्यालयमा समेत बिहान र बेलुकाको समयमा सेवाग्राही नआउने गरेको कार्यालयले जनाएका छन् । 
 
चन्द्रगढीको मालपोत कार्यालयमा पुसको एक महिनामा जम्मा १६ जनाले मात्र अतिरिक्त समय ९बिहान र बेलुका०को सेवा लिएको मालपोत अधिकृत राधाकृष्ण खतिवडाले बताउनुभयो । मालपोतमा पुस १ देखि १५ गतेसम्ममा बिहान पाँच र बेलुका चारजनाले सेवा लिएका छन् । पुस १६ देखि ३० गतेसम्ममा बिहान पाँच र बेलुका दुईजनाले सेवा लिएका छन् जब कि मालपोतमा नियमित दिवा सेवामा सेवाग्राहीको दैनिक औसत सङ्ख्या ५०० रहेको छ । 
 
उता नापी कार्यालयमा पुस १ देखि १५ गतेसम्ममा आठ, पुस १६ देखि ३० गतेसम्म आठ र माघ १ देखि १५ गतेसम्ममा सातजनाले अतिरिक्त समयको सेवा लिएको प्रमुख नापी अधिकृत अमिरप्रसाद न्यौपानेले जानकारी दिनुभयो । 
 
नापीमा पनि नियमित दिवा सेवामा सेवाग्राहीको औसत सङ्ख्या १०० जति पुग्ने गरेको सर्वेक्षक सन्तोष यादवले बताउनुभयो । 
 
जिल्ला मालपोतमा रहेका ४४ कर्मचारीमध्ये कार्यालयले बिहानैदेखि सेवा उपलब्ध गराउन एक मालपोत अधिकृतसहित ६ जना कर्मचारीलाई बिहान ६ बजे नै कार्यालयमा खटाइने गरिएको छ भने उता नापीका ५१ मध्ये चारजनालाई साप्ताहिक पालो मिलाएर बिहानैदेखि खटाइँदै आइएको छ । 
 
किन बिहान सेवा लिन आउँदैनन् त सेवाग्राही भन्ने राससले जिज्ञासा राख्दा विगत ३५ वर्षदेखि लेखापढी व्यवसाय गर्दै आउनुभएको भद्रपुरका रेवती भट्टराई भन्नुहुन्छ – ‘सरकारको बिहानदेखि कार्यालय चलाउने नीति अव्यावहारिक छ ।” विगत डेढ महिनामा दुईजना सेवाग्राही मात्र बिहान काम गराउन आफूकहाँ आएको उहाँको भनाइ छ । 
 
“मालपोत मात्र खुलेर काम कसरी हुन्छ त रु,”उहाँ भन्नुहुन्छ – “पैसाको काम हुने बैंक खोई खुलेका रु सिफारिस दिन नगरपालिका र गाविस खोई खुलेका रु” उहाँका अनुसार जग्गा पास गर्न नगद कारोबारसमेत हुनुपर्ने हुँदा बैंक र स्थानीय निकायको सिफारिस चाहिने भएकाले ती कार्यालय नखुल्दासम्म मालपोतको काम प्रभावकारी हुँदैन । 
 
सरकारले मालपोतमा लिखत पास र नापीमा कित्ताकाटको काम मात्र हुने भनी तोकेको छ । मालपोतमा जग्गा दर्ता, हाल साविक, दृष्टिबन्धक, नामसारी, टायल चेक जस्ता काम बिहानी सेवामा उपलब्ध हुँदैनन् । नापीमा नक्सा बनाउन घाम कुर्नुपर्ने हुँदा त्यससम्बन्धी काम विहान सम्भव नै नहुने कर्मचारी बताउँछन् । 
 
सरकारले जनतालाई सुशासन दिलाउन कामको बढी चाप भएका अड्डा छानेर १२ घन्टे सेवा सुरु गरेको हो तर सेवाग्राहीले बिहान सेवा लिन रुचि देखाएका छैनन् । सेवाग्राही नआए पनि कर्मचारी भने बिहान ६ बजेदेखि नै कार्यालयमा सेवा दिन हाजिर हुने गरेको मालपोत अधिकृत खतिवडा बताउनुहुन्छ । 
 
सेवाग्राही न्यून भए पनि देशभरका १०४ वटा मालपोत र नापी कार्यालयसहित १४ अञ्चलकै यातायात व्यवस्था कार्यालय, केही जिल्ला प्रशासन कार्यालय र राजधानीका केही बढी चाप हुने सरकारी कार्यालयमा पुस १ गतेदेखि १२ घन्टे सेवा जारी नै छ । रासस 

Post Comment

More देश

Special Programs

Kalika Events

  • 12th Music Award