देश

फोहर पानी पिउनयोग्य
भक्तपुर, २९ माघ ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुरले वाससँगको सहकार्यमा भक्तपुर नगरपालिका–१७ दूधपाटीस्थित गुह्य ९नःपुखु० पोखरीको पानीलाई पिउनयोग्य बनाएको छ । 
 
भूकम्पजस्ता ठूला विपत्तिका बेलामा हुने फोहर पानीलाई कसरी पिउनयोग्य र शुद्ध बनाउन सकिन्छ देखाउने उद्देश्यले वास नेपालसँगको सहकार्यमा आज लेउ जमेको फोहर पानीलाई शुद्ध बनाएर प्रदर्शनी गरिएको छ । 
 
सो प्रविधिले ठूला ठूला भूकम्प, बाढी पहिरोजस्ता विपत्ति आउँदा पानीको स्रोत फोहर हुने, पानीको अभाव हुने र जमेको पानी पनि पिउनयोग्य नहुने भएकाले त्यस्ता बेलामा तत्कालै पानीलाई शुद्ध बनाई पिउनयोग्य बनाएर वितरण गर्न सकिने रेडक्रस भक्तपुरका सभापति मनोजकुमार थापाले जानकारी दिनुभयो । रासस 
 

Post Comment

More देश

Special Programs

Kalika Events

  • 12th Music Award