देश

सयौँ दलित परिवार बिचल्लीमा
गौशाला, २९ माघ
महोत्तरी जिल्लाको बथनाहा गाविसको दशगजा क्षेत्रमा वर्षांैदेखि बसोबास गर्दै आएका सयौँ दलित घरपरिवार बिचल्लीमा परेका छन् । 
 
सो गाविसको वडा नं ५, ६, ७ र ८ वडामा बसोवास गर्दै आएका करिब तीन सय मुसहर, खत्बे, बिनलगायत दलित परिवारलाई भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले दशगजा क्षेत्र खाली गर्न आदेश दिएको छ । पुर्खौंपुर्खादेखि दशगजा क्षेत्रमै बसोवास गर्दै आएका ती भूमिहीन दलित परिवारलाई अर्को ठाउँमा जान जग्गाजमिन नरहेको, घरबार बनाउन साधनस्रोत नभएको र ठुल्ठूला जहान परिवार रहेकाले उनीहरु एसएसबीको उर्दीले बिचल्लीमा परेको बथनाहा–६ का श्रीचन सदाले बताउनुभयो । 
 
भारतीय एसएसबीले आउँदो पाँच दिनभित्र दशगजा क्षेत्र खाली नगरे डोजर चलाइदिने र सबैको घरबार भत्काइदिने भनेको बथनाहा–५ रामजी खत्बेले बताउनुभयो । राजनीतिकर्मी सुदीपकुमार झाले ती दलितको समस्याप्रति नेपाल र भारत सरकार दुवैले सोचिदिनुपर्ने माग गर्नुभयो । रासस 

Post Comment

More देश

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Kahyal Thatta

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award