- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
देश
थाक पुस्तकालयको भवन जीर्ण
मुस्ताङ, २९ माघ ।
सबैभन्दा पुरानो र ऐतिहासिक महत्व राख्ने थाक पुस्तकालयको भवन जीर्ण बनेको छ ।
विसं २००७ मा टुकुचेवासीको पहलमा ढुङ्गा र विशेष किसिमको माटोबाट निर्मित पुस्तकालयको भवन चर्किएर भत्किने अवस्थामा पुगेको छ । भवनको छानोबाट पानी चुहिने भएपछि दुई महिनादेखि पुस्तकालयमा रहेका पुस्तक नजिकैको रेडक्रसको भवनमा राखिएको छ । नेपालमा प्रजातन्त्र प्राप्तिसँग जोडिएको पुस्तकालयको भवन जीर्णोद्धार गर्न स्थानीयवासीले माग गरेका छन् ।
पुस्तकालय व्यवस्थापन समितिका कोषाध्यक्ष पथबहादुर थकालीले प्रजातन्त्र स्थापना भएको सालमै स्थापित पुस्तकालयको ऐतिहासिक महत्व रहेको बताउँदै भन्नुभयो, “हाम्रा समाजसेवी एवम् शिक्षाप्रेमी नरसिंहभक्त तुलाचनको नेतृत्वमा स्थापित पुस्तकालयले जिल्लामा शैक्षिक जागरण ल्याएको हो, सरकारले पनि हेर्नुप¥यो, अन्य सामाजिक सङ्घसंस्थाबाट पनि सहयोगको अपेक्षा गरेका छौँ ।”
पुस्तकालयको नयाँ ढलानयुक्त भवन निर्माण गर्न स्थानीयवासीले जिविसलाई समेत आग्रह गरेका छन् । पुस्तकालयमा पाठ्यपुस्तकदेखि धर्म, साहित्य, कला र ऐतिहासिक महत्वका सात हजार पुस्तक छन् । “एक वर्षअघिसम्म पानी खासै चुहिने थिएन, तर यस वर्ष पटक पटक परेको हिउँले थप समस्या भएको हो”, थकालीले भन्नुभयो ।
नयाँ भवनलाई रु ६० लाख बजेट आवश्यक पर्ने पुस्तकालय व्यवस्थापन समितिले जनाएको छ । पुस्तकालयमा पुस्तक र आन्तरिक व्यवस्थापनमा रिड नामक शैक्षिक संस्थाले निरन्तर सहयोग गर्दै आएको छ । स्थानीयवासीको पुस्तकालयप्रतिको लगावकै कारण रिडले थाक पुस्तकालयलाई दुई पटकसम्म उत्कृष्ट पुस्तकालयको पुरस्कार प्रदान गरेको थियो ।
टुकुचे गाविसका सचिव टोपबहादुर ढुङ्गानाले गाविसले चालु आवमा पुस्तकालय भवन मर्मतसम्भारका लागि रु ५० हजार रकम विनियोजन गरेको बताउनुभयो । “तर यति रकमले केही पनि हुँदैन, इलाका परिषद्बाट हामीले प्राथमिकतामा राखेर जिविसमा माग गरेका छौँ” ढुङ्गानाले भन्नुभयो, “जिल्लाकै धरोहर पुस्तकालय भएकाले सबैले सहयोग गर्ने विश्वास छ ।” रासस
Post Comment
More देश
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ
- कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
- रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न
- थुम्सीमा व्यावसायिक रुपमा खरायोपालन
- औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी
- बढी पर्यटक भित्रिएको वर्ष–२०७४
- बाल विवाह गर्ने जोडीलाई रुँदारुँदै बिछोड गरायो रोल्पा प्रहरीले
- सुरक्षित मातृत्व अभियान वर्ष घोषणा
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





