- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
देश
खाजा नपाएर विद्यालय छाडेका चेपाङ विद्यार्थी माग्दै
गजुरी धादिङ, २९ माघ ।
गत वर्षहरुमा विद्यालयमा खाजा कार्यक्रम लागू गरिएको थियो तर यस वर्ष विद्यालयमा खाजा खान नपाएपछि चेपाङ बालबालिकाले विद्यालय छाडेका छन् ।
घरमा समेत खानेकुरा नभएर विद्यालयको खाजा कार्यक्रमकै कारण आफ्नो जीवन धान्दै आएकी धुषा गाविस–७ सोलडाँडाकी उर्मिला चेपाङ यस वर्ष विद्यालय आइनन् ।
उर्मिला मात्र होइन उनकी दिदी बहिनी एक भाइसमेतले विद्यालयमा खाजा खान पाइन छाडेपछि विद्यालय जान नै छाडेका छन् । घरमा खानेकुरा छैन उनीहरुको जग्गामा फलेको अन्नले मुस्किलले तीन महिनालाई समेत खान पुग्दैन । त्यसैले उनको परिवार पाल्नका लागि बाबुआमा सधैँ ज्याला मजदुरीमा जाने भएकाले बालबालिकाको खाना विद्यालयको भरमा रहेका महारुद्र प्राविका प्रधानाध्यापक अप्सरा पाण्डेले बताउनुभयो ।
उर्मिला चेपाङ र उनको भाइबहिनीमात्र होइन महारुद्र प्राविमा अध्ययन गर्ने ईश्वर चेपाङ पनि विद्यालयको खाजाको भरमा बाँचिरहेका थिए । विद्यालयले खाजा नदिएपछि यो वर्ष विद्यालय आएका छैनन् । ईश्वरको आमाको मृत्यु भइसकेको छ भने उनका बुबाले अर्को विवाह गरी बेवास्ता गरेपछि उनी खानेकुरा खोज्नका लागि गाउँमा माग्न हिँड्न बाध्य छन् । सकेको काम गर्छन् र मागेर खान्छन् ।
बुद्धिमाया चेपाङ पनि दुई भाइ र एक बहिनीसहित विद्यालय छाडेका छन् । घरमा खानेकुरा नभएको र विद्यालयले समेत खाजा नदिएपछि उनी पनि खानका लागि विद्यालय छाड्न बाध्य भएका हुन् ।
बेनीघाट गाविस– ५ लामीडाँडास्थित महारुद्र प्राविमा भर्ना भएका ६० जनामध्ये ४७ जना चेपाङ समुदायका रहेका छन् ।
कक्षा २ सम्म अध्यापन हुने सो विद्यालयमा गत वर्ष जिल्ला शिक्षा कार्यालयले खाजा कार्यक्रमका लागि रकम पठाएको थियो । खाजा खान पाएपछि घरमा खानेकुरा नहुने बालबालिका सबै विद्यालय आउने गरेका थिए तर यस वर्ष खाजा नपाएपछि उनीहरु खानेकुरा खोज्न अन्यत्रै जानुपरेका कारण विद्यालय छाडेका प्रधानाध्यापक पाण्डेको भनाइ छ । रासस
Post Comment
More देश
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ
- कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
- रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न
- थुम्सीमा व्यावसायिक रुपमा खरायोपालन
- औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी
- बढी पर्यटक भित्रिएको वर्ष–२०७४
- बाल विवाह गर्ने जोडीलाई रुँदारुँदै बिछोड गरायो रोल्पा प्रहरीले
- सुरक्षित मातृत्व अभियान वर्ष घोषणा
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





