देश

अब अकालमा ज्यान नजाने भयो
निमेन्द्र शाही बाजुरा, २९ माघ ।
समयमै सुत्केरी सेवा नपाउँदा तीन वर्षयता तोली गाविस किम्नी गाउँका दुर्गादेवी बुढालगायत तीन महिलाले अकालमै ज्यान गुमाउन परेकी थिइन् । गाउँमै २४ घन्टे प्रसूति सेवा र अन्य स्वास्थ्य सेवा नपाउँदा यो समस्या आएको हो । 
 
तोली स्वास्थ्य चौकीमा पुग्न मात्र तीन घन्टाभन्दा बढी समय लाग्ने भएकाले स्थानीयको सक्रियतामा गाउँमै प्रसूति सेवा केन्द्र स्थापना गरिएको तोली स्वास्थ्य चौकीका प्रमुख वीरबहादुर अयडीले बताउनुभयो । 
 
सरकारले २०३९ सालमा स्वास्थ्य चौकी स्थापना गरेको भए पनि ती वडाका ५०० परिवार स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका थिए । 
 
“सामान्य सिटामोलसमेत लिनका लागि एकदिन लगाएर स्वास्थ्य चौकी जानुपर्ने बाध्यता थियो । खोप, गर्भवती जाँचलगायतका स्थानीयले पाउनुपर्ने निःशुल्क स्वास्थ्य सेवाबाट वञ्चित भएपछि आफूहरुको पहलबाट गाउँमै २४ घन्टे प्रसूति सेवा र अन्य स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको स्थानीय गणेशबहादुर बुढाले बताउनुभयो ।” 
 
“सेवा सञ्चालनमा आएपछि आफूहरुलाई निकै सहज भएको स्थानीय पार्वती बुढाले बताउनुभयो ।” तोली गाविसको दुर्गम गाउँमा स्थानीयकै सक्रियतमा प्रसूति सेवा केन्द्र स्थापना भएको छ । गाविसको वडा नम्बर ८ र ९ का बासिन्दाले किम्नी गाउँमा प्रसूति सेवा केन्द्रलगायतका अन्य स्वास्थ्य सेवाबाट दिने सेवा सञ्चालन गरेका छन् । प्रसूति सेवा केन्द्र स्थापना गर्न सरकारबाट अनुमति लिनुपर्ने भए पनि उनीहरुले आफ्नै पहलमा स्थापना गरेका छन् । 

Post Comment

More देश

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award