देश

उदयपुरमा सडक अतिक्रमण गरेर व्यापार गर्ने कार्य झनै बढ्यो
गाईघाट (उदयपुर), २९ माघ ।–
 
 जिल्लाको सदरमुकाम गाईघाट क्षेत्रको मुख्य सडकखण्डमा स्थानीय खुद्रा व्यापारीलगायत सब्जी व्यापारी तथा ठेला सञ्चालकले सडकको भाग अतिक्रमण गरेर व्यापार गर्ने कार्य दिनानुदिन झनै बढ्दै गएको छ । 
 
मुख्य सडकखण्डको दुवैपट्टिको भाग अतिक्रमण गरेर व्यापारीले पसल सञ्चालन गर्दा यातायातका साधन दैनिकरुपमा सञ्चालन गर्न कठिन हुँदै गएको यातायात व्यवसायीले बताएका छन् । 
 
खुद्रा व्यापारी तथा सब्जी व्यापारीले दैनिकरुपमा बजारको मुख्य सडकखण्डको भाग मिचेर व्यापार व्यवसाय सञ्चालन गर्न थालेपछि सर्वसाधारणलाई समेत सडक भएर आवतजावत गर्न समेत समस्या हुन थालेको छ । 
 
गाईघाट बजार क्षेत्रको मुख्य चोकदेखि असारी लाइन हुँदै पूर्वको बेल्टार, बसाहा क्षेत्र जाने सडकखण्डमा दैनिक बिहान बेलुकी व्यापारीले सडक अतिक्रमण गरेको कारण सवारीसाधन सुचारु हुन नसकेर घन्टाँैसम्म जाममा रहनुपर्ने बाध्यता रहेको एक यातायात सञ्चालक हीराकुमार खड्का बताउनुहुन्छ । 

Post Comment

More देश

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award