देश

खुला स्थानमा दिसा गर्नेलाई रु पाँच हजार एक सय जरिवाना
वीरगन्ज (पर्सा), २८ माघ । 
 
पर्सा जिल्लाको तुलसीवर्वा गाविसका स्थानीयवासी गाविसलाई खुला दिसामुक्त बनाउने अभियानमा जुटेका छन् ।  स्थानीय अगुवा खुला दिसामुक्त अभियानमा जुटे पनि गाउँ समाजका केही व्यक्ति अझै पनि खुला स्थानमा नै दिसा गर्ने हो कि भन्ने आशङ्का कारण गाविसको निर्णयबाटै खुला स्थानमा दिसा गर्नेलाई दण्डित गर्ने भएको छ । 
 
गाविसमा सम्पन्न भएको सर्वदलीय बैठकले नै खुला ठाउँमा दिसा गर्नेलाई रु पाँच हजार १०० जरिवाना गर्ने निर्णय भएको गाविसका सचिव पारशप्रसाद कुर्मीले बताउनुभयो । उहाँले सबैको चाहना गाविस खुला दिसामुक्त होस् भन्नै नै रहेको बताउनुभयो । 
 
गाविसमा जम्मा ७४५ घरधुरी रहेकामा सबै घरधुरीमा शौचालय बनिसकेको भए पनि प्रयोग पूर्णरुपमा नभएका कारण यो नियम लगाउनुपरेको सचिव कुर्मीको भनाइ छ । उहाँले यही फागुन १ गते गाविसलाई खुला दिसामुक्त गर्ने तयारीमा आफूहरु रहेको बताउनुभयो । 
 
पर्सामा हालसम्म ६६ गाविसमध्ये चार गाविस सुवर्णपुर, पशुरामपुर, कौवावनकटैया र धोबिनी गाविस खुला दिसामुक्त भइसकेको र केही हुने तयारीमा रहेको जानकारी खानेपानी तथा डिभिजन सरसफाइ कार्यालय पर्साका इन्जिनियर रामहित यादवले दिनुभयो । रासस 

Post Comment

More देश

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award