देश

सशस्त्र द्दन्द्दको समयमा क्षतिग्रस्त तथा ध्वस्त भएको अधिंकाश भौतिक संरचनाहरु भए पुर्ननिर्माण
जितेन्द्र भण्डारी÷ पाँचथर,माघ २८,
 
द्दन्द्दकालमा क्षतिग्रस्त भएका जिल्लाका अधिकांश भौतिक संरचनाहरु पुर्ननिर्माण भएका छन् । सशस्त्र द्दन्द्दको समयमा राज्य र गैरराज्य पक्षवाट क्षति भएका गाविस भवन तथा प्रहरी चौकीको पुर्ननिर्माण तथा पुर्नस्थापना भएका हुन् ।
 
द्दन्द्द कालको समयमा क्षति ग्रस्त भएका २४ वटा गाविस भवनहरुको पुननिर्माण तथा पुनस्थापना भइसकेको जिल्ला पुर्ननिर्माण तथा पाँचथरका संयोजक तथा प्रमुख जिल्ला अधिकारी प्रदिप राज कडेलले जानकारी दिनुभयो । यस्तै द्दन्द्दकालको समयमा क्षति भएका २३ वटा प्रहरी यूनिटको पुरानै ठाउँमा पुर्नस्थापना भएको उहाँले वताउनुभयो ।
 
अव वाँकी रहेका क्षति ग्रस्त प्रहरी चौकी र गाविस भवनको पनि संकलन गरी स्थानिय विकाश मन्त्रालयमा पठाउने उहाँले जानकारी दिनुभयो । अहिलेसम्म च्याङथापु,नवमीडाँडा,लिम्वा,दुरदिम्वा,इम्बुङ,रानीगाउँ,माङजाबुङ,आङना,हाङगुम,नागी,पंचमी,स्याबरुम्वा, चिलिङदेन,आरुवोटे गाउँ विकाश समितीको भवन पुर्ननिर्माण कार्य भइसकेको छ ।
 
यस्तै जय नारायण आर्दश उ.मा.वि.मेहेलवोटे,सत्यहाङमा मा.वि इम्बुङ,इन्द्रावती मा.वि हाङगुम,जन कल्याण मा.वि.कोल्बुङ,लाल बहादुर निमावि आङसराङ,पैयुवोटे नि.मावि,चिलिङदेन,पृथ्वी मा.वि यासोकको पनि भवन पुर्ननिर्माण भइसकेको छ ।
 
यस्तै उपस्वास्थ्य चौकी नागि,तथा सुभाङको समेत भवन पुर्ननिर्माण भएको छ । यस्तै प्रहरी चौकी राँके,इलाका प्रहरी कार्यालय रवि,मेमेङ,यासोक,माङजाबुङ,मौवा,खान्दुङ,अमरपुर,नागि थर्पु,फलैँचा,पौवासारताप,फाक्तेप,गोपेटार,जोरपोखरी,काबेली,सिदिन,याङनाम,नवमीडाँडा,प्राङबुङ,दशमी, नागिन,सिहापुर,अमरपुर प्रहरी चौकीको भवन पुर्ननिर्माण तथा पुर्नस्थापना भइसकेको जिल्ला पुर्ननिर्माण समितीका संयोजक कडेलले वताउनुभयो ।

Post Comment

More देश

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award