देश

बेनी–जोमसोम सडकका पुल अलपत्र
बाबियाचौर (म्याग्दी), २६ माघ । 
 
बेनी–जोमसोम सडकअन्तर्गत विभिन्न स्थानमा सुरु गरिएको कल्भर्ट (साना मोटरेबल पुल) अलपत्र बनेका छन् । 
 
सडक विभागले ठेक्कामार्फत सुरु गरेको कल्भर्टको काम विभाग र ठेकेदारको ढिलासुस्ती, लापरबाही र सम्बन्धित निकायको बेवास्ताका कारण अलपत्र परेका हुन् । एक वर्षअघि नै सम्पन्न भएर गाडी गुड्नुपर्ने पुल निर्माण कार्यको सुरुको अवस्थामै छन् । 
 
म्याग्दीमा पर्ने भुरुङ तातोपानी र दानाको दुवाडी खोला पुलको हालै ढलान सकिएको छ । रुप्से खोलामा कल्भर्ट बनाउने जिम्मा पाएको ठेकेदार सम्र्पकविहीन छन् । कोवाङखोलामा अझै निर्माण सुरु हुन नसकेको सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनियर नारायण पौडेलले बताउनुभयो । 
 
कार्यालयका अनुसार म्याग्दीको घराम्दी खोला, मुस्ताङ टुकुचेको क्युकर खोला र कोवाङको ताङसराखोलाको मोटरेबल पुल निर्माण कार्य समयमा नै सम्पन्न भएको थियो । गत वर्ष सडक डिभिजन कार्यालय पोखराले बेनी–जोमसोम सडकअन्तर्गत सात स्थानमा तीन करोड रुपैयाँ बजेटमा सानाठूला मोटरेबल पुल निर्माण कार्य सुरु गरेको थियो । 
 
बेनी–जोमसोम सडकबाट अन्य सहायक सडक जोडिने अन्य मोटरेबल पुल निर्माण कार्यसमेत अलपत्र अवस्थामा छन् । बैसरीदेखि हिस्तान आँैला जोड्ने कालीगण्डकी नदीमा तीन वर्षअघि मोटरेबल पुल बनाउन सुरु गरेको ठेकेदार कम्पनीलाई सचेत बनाएर पहल गर्दासमेत सम्पर्कमा नआएकाले कालोसूचीमा राख्ने तयारी भएको इञ्जिनियर पौडेलले बताउनुभयो । 

Post Comment

More देश

Onair Now Onair Now

Hamro Serofero

Started at: 18:15 HRS

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award