- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
देश
निर्धारित समयमा रङ्शाला पुनःनिर्माण नहुने
दीपेन्द्र सापकोटा०
काठमाडौँ, २५ माघ । प्रायः खेलकुद प्रतियोगिता भइरहने राजधानीको दशरथ रङ्गशालामा फुटबल खेल भइरहेका बेला पूर्वतिर रहेको प्यारापिट खाली देखिन्छ । रङ्गशाला खाली हुनुमा नेपाली दर्शकको फुटबल मोह कम भएर नभई निर्माण कार्यमा भएको ढिलाइले हो ।
मुलुककै एकमात्र अन्तर्राष्ट्रियस्तरको खेल प्रतियोगिता हुने रङ्गशालामा गत वैशाखदेखि पुनःनिर्माण कार्य भइरहेकाले हाल पश्चिमतिरको भिआइपी बक्समा मात्र फुटबलका दर्शक देखिने गर्छ । नेपाली फुटबलप्रेमीले दशरथ रङ्गशाला दर्शकले पूरै भरिएको देख्न अझै धेरै समय कुर्नुपर्ने भएको छ ।
विसं २०२६ मा निर्माण भएको रङ्गशाला जीर्ण भएका कारण अहिले यसको मर्मतसम्भार चलिरहेको छ । मर्मत गर्न सरकारले रु सात करोड छुट्याएको छ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० अन्तर्गतको पूर्वाधार निर्माण तथा मर्मत शाखाले रङ्गशालाको पुनःनिर्माणका लागि ‘पिए हाङ्थुङहाङ किराँतेश्वर जेवी’ कम्पनीले मर्मतको ठेक्का पाएको छ । आगामी साउन महिनासम्ममा पुनःनिर्माण कार्य सक्ने लक्ष्य राखिएको छ । तर केही महिना अघि टिप्पर व्यवसायीले गरेको हडतालका कारण कच्चा पदार्थ आपूर्ति रोकिएको थियो । यसका कारण निर्धारित मितिमा रङ्गशालाको पुनःनिर्माण कार्य सकिनेमा शङ्का उत्पन्न भएको त्यहाँका कर्मचारीहरु बताउँछन् । क्रसर उद्योगको बन्दको असर रङ्गशाला मर्मतमा समेत परेको छ ।
“मुलुकमा बन्द हडताल भइरहँदा पनि करिब ४० प्रतिशत काम भइसकेको छ, तर पनि मलाई शङ्का लाग्छ निर्धारित समयमै काम सकिन्छ भन्ने कुरामा,” निर्माण कार्यमा संलग्न राखेपका इन्जिनियर मनोज प्रजाप्रतिले भन्नुभयो । उहाँका अनुसार हाल खम्बा राख्ने र ढलान गर्ने काममात्र सकिएको छ । यसका लागि करिब डेढ करोड खर्च भएको छ भने करिब ४० जना कामदार काममा व्यस्त छन् ।
फुटेका झ्यालढोका, छानो र सिट परिवर्तनलगायतका धेरै मर्मतका काम गर्न बाँकी नै छ । साधारण प्यारापिटतर्फ १५ हजार र विशिष्टतर्फ तीन हजार सिट राख्ने योजना छ । हालसम्म साधारणतर्फ १२ हजार सिटमात्र राखिएको इञ्जिनियर प्रजापतिले बताउनुभयो । रङ्गशाला करिब २० हजार दर्शक क्षमताको हो ।
साधारण प्यारापिट सिट अलकत्रा र प्लास्टिक मिसाएर बनाइएको छ । प्रतिसिटको रु एक लगानी हजार पर्छ । यसअघि साधारण प्यारापिटतर्फ सिमेन्टका सिँढीमै दर्शक बस्दथे ।
नेपालमै निर्माण भएको पेप्सी फाइबर ग्लास नामको सिटका लागि टक्सार निर्माण सेवाले आपूर्तिको जिम्मेवारी लिएको ठेकेदार सनकसिंह राईले बताउनुहुन्छ । ठेकेदार राई रङ्गशाला पुनःनिर्माणमा धेरै समस्या भए पनि प्राविधिक समस्या नै मुख्य रहेको बताउनुहुन्छ ।
पूर्वाधार निर्माण तथा मर्मत शाखा प्रमुख तिलोत्तमा बस्याल पनि अकस्मात् गत वर्ष भएको क्रसर उद्योग बन्द र टिप्परले गरेको आन्दोलनका कारण गिट्टी, बालुवाजस्ता कच्चा पदार्थको आपूर्ति ढिलाइ हुँदा निर्माण कार्यमा ढिलाइ भएको दाबी गर्नुहुन्छ । शाखा प्रमुख बस्याल भन्नुहुन्छ – “तर यो ठेकेदार या अन्य कसैको लापर्बाहीले भने ढिला भएको हैन ।”
रङ्गशालाका झ्यालढोका पूरै फुटेकाले मर्मत सम्भारका लागि थप बजेट पनि चाहिने राखेपका आर्थिक शाखा प्रमुख वासुदेव आचार्य बताउनुहुन्छ ।
अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का कार्यबाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठ रङ्गशाला पुनःनिर्माणको ढिलाइका कारण एन्फालाई नोक्सानी भएको गुनासो गर्नुहुन्छ । “बरु केही घाटा भए पनि भविष्यमा स्तरीय रङ्गशाला बन्ने आशामा छु ” – उहाँ भन्नुहुन्छ । रासस
Post Comment
More देश
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ
- कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
- रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न
- थुम्सीमा व्यावसायिक रुपमा खरायोपालन
- औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी
- बढी पर्यटक भित्रिएको वर्ष–२०७४
- बाल विवाह गर्ने जोडीलाई रुँदारुँदै बिछोड गरायो रोल्पा प्रहरीले
- सुरक्षित मातृत्व अभियान वर्ष घोषणा
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





