देश

कार्यकारी अधिकृतको आफ्नै घरमा डोजर
पथरी, २५ माघ ।
अरूको काममा गुनासो आउन थालेपछि मोरङस्थित विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीले आफ्नै घरमा शनिबार डोजर लगाउनुभएको छ । 
 
चाँदनीचोकमा रहेको आमा कमलादेवीको नाममा रहेको घरमा रेग्मीले बिहानदेखि बजारका विभिन्न स्थानमा मापदण्ड विपरीत निर्माण भएका घरटहरा भत्काउन थाल्दा उहाँले आफ्नो घर पनि मापदण्ड विपरीत निर्माण भएको पाइएपछि डोजर लगाउनुभएको हो । सडकको मापदण्ड लागू भएपछि उपमहानगरपालिकाले ३५ दिने सूचना जारी गरेको थियो । सूचना जारी गर्दाको समयमा घरटहरा नहटाइएपछि डोजर लगाएर संरचना भत्काउन थालिएको उपमहानगरपालिकाका इन्जिनियर अनिल सिंहले बताउनुभयो । 
 
इन्जिनियर सिंहका अनुसार मापदण्डमा परेको संरचना भत्काएपछि ६२ किमी सडक चौडा बन्ने भएको छ । सडक, ढल, नाला कालोपत्रे गर्ने गरी उपमहानगरपालिकाले सडक विस्तारको कामलाई प्राथमिकता दिँदै आएको छ । 
 
स्थानीयवासीले भने भत्काइएका संरचनाको स्थानमा निर्माणको काम पूरा गरेर अन्यत्र सडक चौडा गर्नुपर्ने बताएका छन् । सडक मापदण्ड विपरीत निर्माण गरिएको आफ्नै भवन पनि उपमहानगरपालिकाले भत्काएको छ । मापदण्डअनुसार हाल कायम रहेको करिब १।७५ मि दक्षिणतर्फको संरचना पनि भत्काउनुपर्नेछ । रासस 

Post Comment

More देश

Onair Now Onair Now

Hamro Serofero

Started at: 18:15 HRS

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award