देश

मकवानपुरमा गाँजाको बिरुवा नष्ट अभियान तीव्र
हेटौँडा, २४ माघ ।
मकवानपुर जिल्लाको १६ गाविस तथा हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडामा कृषकले आ–आफ्नो जग्गामा लगाएका अवैध गाँजाको बोट प्रहरीको विशेष टोलीले नष्ट गरेको छ । 
 
जिल्ला, पूर्व, मध्य र पश्चिम भेगमा गरी आज बिहानसम्ममा जम्मा ८४२ बिगाहामा लगाएका गाँजाको बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
 
जिल्लाको उत्तरी भेगमा कृषकले आठ बिगाहा १० कट्ठामा रोपिएको अफिमको बिरुवा पनि टोलीले नष्ट गरेको छ । 
 
अवैध गाँजा र अफिमखेती नष्ट गर्न जिल्ला प्रशासन कार्यालयको निर्देशनमा जिल्लामा जनपथ प्रहरी र सशस्त्र प्रहरीको टोली सम्मिलित ५२२ जनाको १० टोली विभाजन गरी त्यस भेगमा परिचालन गरिएको जिप्रकाका प्रहरी नायब उपरीक्षक दीपक थापाले बताउनुभयो । 
 
जिल्लाको विभिन्न गाविसमा कृषकले लगाएको अफिम र गाँजाखेतीको बिरुवा आगामी फागुनको तेस्रो सातासम्ममा नष्ट गर्ने लक्ष्य राखी प्रहरी टोली थप परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले राससलाई बताउनुभयो । रासस 

Post Comment

More देश

Onair Now Onair Now

Hamro Serofero

Started at: 18:15 HRS

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award