देश

शिविरमा तीस महिलाको बध्याकरण
पर्सा, २४ माघ ।
पर्साको बगवाना गाविसमा सञ्चालित शिविरमा पहिलो दिन हिजो सन्तानको इच्छा पुगेका ३० महिलाले परिवार नियोजनको स्थायी बध्याकरण गराएका छन् । 
 
पर्साको मधवनमथवल, बगवान, हरपुर र पचरुखी गाविसका महिलाले स्थायी बध्याकरण गराएका हुन् । 
 
जिल्ला जनस्वास्थ्य कार्यालय पर्सा र मेरिस्टोर वीरगन्जको सहयोगमा सञ्चालन गरिएको दुईदिने बध्याकरण शिविरमा ६२ महिलाले नाम दर्ता गराएकामा पहिलो दिन ३० जनाको बध्याकरण गरिएको आयोजकले जनाएको छ । 
 
शिविरमा बध्याकरण गराउनेलाई रु १५०, निःशुल्क औषधि र घरबाट ल्याउने लैजाने यातायातको सुविधा प्रदान गरिएको थियो । 
 
शिविर आजसम्म चल्ने र बाँकी रहेका महिलाको बध्याकरण गरिने आयोजकले जनाएको छ । रासस 
 

Post Comment

More देश

Onair Now Onair Now

Hamro Serofero

Started at: 18:15 HRS

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award