देश

पर्यटक भित्र्याउन सडक मर्मतमा स्थानीयवासी जुड्दै
इलाम, २४ माघ । 
नेपाल भारत सिमाना हँुदै इलामको माने भञ्ज्याङ, मेघमा जौवारीदेखि सन्दकपुर जोड्ने सडक मर्मतका लागि स्थानीयवासी आफैँ जुटेका छन् । 
 
जोगमाई गाविसमा पटक÷पटक बजेट माग गर्दा पनि अहिलेसम्म कुनै सुनुवाइ नहुँदा स्थानीयवासी श्रमदान तथा चन्दाको भरमा सडक मर्मतमा जुटेका हुन् । 
 
नेपालका तर्फबाटै पशुपतिनगर माने भञ्ज्याङ र माने भञ्ज्याङ मेघमा जोड्ने सडक अलपत्र परेपछि स्थानीय सडकमा भारतीय नम्बर प्लेटका सवारीसाधन मात्र चल्ने गरेका छन् । 
 
पर्यटक प्रवद्र्धन गराउने उद्देश्यले सडक मर्मत भएपछि पाँचथरको च्याङथापु क्षेत्रदेखि सन्दकपुर, जौबारी, तुम्लिङ क्षेत्रका बासिन्दा तथा बर्सेनि आउने पर्यटकलाई आवतजावत गर्न सघाउ पुग्ने सडक निर्माण समितिका अध्यक्ष नीरबहादुर गुरुङले जानकारी दिनुभयो । 
 
उक्त सडक मर्मतका लागि स्थानीयले प्रत्येक गाडीबाट रु दश÷दश उठाएर मर्मत थालेको गुरुङले बताउनुभयो । पर्यटक आगमनसँग बाटो मर्मतका लागि स्थानीयवासीले रु ३२ हजार बराबरको श्रमदान गरेपछि मेघमाको नमोबुद्ध समाजको सक्रियतामा मेघमा तुम्लिङ, जौबारी सडक पाँच किलोमिटर मर्मत समेत गरिएको छ । 
 
माने भञ्ज्याङदेखि मेघमा जोड्ने सडक मर्मत सम्भार हुन नसक्दा अलपत्र परेकाले माने भञ्ज्याङबाट भारत हँुदै गाडी सन्दकपुर पुग्न बाध्य हुनुपरेको मेघमाका स्थानीय चन्द्रकुमार प्रधानले बताउनुभयो । 
 
जिल्ला विकास समिति र गाउँ विकास समितिमार्फत बजेट नपाएपछि राणकालीन समयमै ट्रयाक खोलिएको उक्त सडक मर्मतका लागि स्थानीय बाध्य भएका हुन् । 
 
यस क्षेत्रमा रिङरोड नहुँदा स्थानीयवासीलाई आवतजावत गर्न र मालसामान ढुवानी गर्नसमेत भारतबाट खर्चिलो हुने गरेको स्थानीयको गुनासो छ । पर्यटकीय क्षेत्रका रुपमा परिचित इलामको उत्तरी भेग मेघमा, तम्लिङ, जौबारी, कालपोखरी र सन्दकपुर क्षेत्रलाई जोड्न २० किलोमिटर सडक नेपालतर्फ स्तरोन्नति आवश्यक देखिएको छ । 
 
यता दैनिकजसो आइरहने पर्यटकलाई दिसापिसाब गर्नका लागि त्यस क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा खाली ठाउँमा शौच गर्न पर्यटक बाध्य हुनुपरेको स्थानीय सूर्यकुमार राईको भनाइ छ । रासस 
 

Post Comment

More देश

Onair Now Onair Now

Hamro Serofero

Started at: 18:15 HRS

Up Next

samajhdari

Starts at: 19:25 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award