देश

नवलपरासी उद्योग वाणिज्य संघमा चुनावी चहलपहल,
 १७ पदका लागि ३८ जनाको उम्मेदवारी, दुई पद निर्विरोध
 हरि शर्मा
परासी, १४ माघ ः
 
उद्योग वाणिज्य संघ नवलपरासीको निर्वाचनका लागी तीन जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा एमाले र कांग्रेसले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । अर्का एकजना स्वतन्त्र छन् । स्वतन्त्रबाट उम्मेदवारी दिने गणेश पोखरेल एमाले निकट हुनुहुन्छ ।
 
एमाले र कांग्रेसबाट उम्मेदवारी दिएपछि कस्लाई समर्थन गर्ने भन्ने विषयमा विवाद हुँदा मधेसी मोर्चा पनि चोइटीएको छ । एकिकृतमाओवादीसहितको केही मधेसी दलले एमालेबाट अध्यक्ष पदमा उम्मेदवारी दिनु भएका केशव भण्डारीलाई समर्थन गरेका छन् भने  कांग्रेसबाट उम्मेदवारी दिएका भरत थापालाई मधेसी जनअधिकार फोरम नेपाल र लोकतान्त्रीक फोरमसहितका केही मधेसी दलले समर्थन गरेका छन् । एमालेका अध्यक्ष पदका उम्मेदवार भण्डारीलाई वर्तमान संघका अध्यक्ष बैजनाथ जयसवाल र महासंघका केन्द्रीय सदस्य गुणनिधि तिवारीको पनि समर्थन गर्नु भएको छ ।
 
संघको माघ २३ गते निर्वाचन हुँदै छ । संघको निर्वाचनका लागि उम्मेदवारको मंगलबार भएको अन्तिम नामावली प्रकाशनसँगै बुधवारदेखि चुनावी चहल पनि बढेको छ ।  चहलपहल बढेसँगै उम्म्ेदवारहरुले जसरी भएपनि नेतृत्व आफ्नो पक्षमा ल्याउन भन्दै रकमको चलखेल सुरु गर्न थालेको बताइएको छ ।
 
तीनवर्षे कार्यकालका लागि संघमा नयाँ नेतृत्व चयन हुन लागेको हो । १७ सदस्सिय समितिमा अध्यक्षसहित १ जना वरिष्ठ उपाध्यक्ष, २ जना उपाध्यक्ष र एकएक जना महासचिव, सचिव र कोषाध्यक्षको निर्वाचन हुने छ । त्यस्तै ६ जना सदस्यसहित चारजना क्षेत्रिय सदस्यहरुको पनि निर्वाचन हुने प्रावधान छ । संघमा कुल चारहजार ६ सय ७८ ( उद्योगतर्फ सातसय ४४ र वाणिज्यतर्फ तीनहजार नौसय ३४) जना सदस्यहरु रहेका छन् । उता केशव भण्डारीको नेतृत्वमा उम्मेदवारी दिएका क्षेत्र नं.१ का सदस्य हरिप्रसाद सुवेदी र क्षेत्र नं २ बाट किरणकुमार श्रेष्ठ निर्विरोध भएका छन् । निर्वाचन समितिले निर्विरोध भएको नाम भने सार्वजनिक गरेको छैन ।

Post Comment

More देश

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award