देश

नवलपरासीमा व्यवसायीक माछापालनका लागी आयोजना सुरु
हरि शर्मा
परासी,१४ माघ ः व्यवसायीक माछापालनद्धारा स्थानीयको जीविनस्तर बढाउन   नवलपरासी गुठीप्रसौनी–७ मा व्यवसायीक माछा पालन तथा व्यापार आयोजना सञ्चालन गरिएको छ । जसका लागी माछा पोखरी निर्माण कार्य सुरु गरिएको छ । 
 
आयोजना सञ्चालन गर्न स्थानीय दिव्यज्योती कृषक समूहलाई जिम्मेवारी दिइएको छ । समूहले १२ वटा पोखरी निर्माण कार्य सुरु गरेर कार्यक्रम सञ्चालनमा ल्याएको हो । व्यवसायीक माछा पालनसँगै बजारीकरणमासमेत सहयोग पु¥याउने उद्धेश्यले सञ्चालनमा ल्याइएको उक्त  कार्यक्रमलाई कृषि व्यवसाय तथा व्यापार आयोजना(प्याक्ट)ले  आर्थिक सहयोग गरेको छ । 
 
दिव्यज्योती कृषक समूहका अध्यक्ष सुदामा कोइरीका अनुसार गाविसको १० विगाहा क्षेत्रफलमा भइरहेको पोखरी निर्माण कार्य डेढवर्ष भित्र सकिने छ । माछाबाट निस्कने फोहर व्यवस्थापनका लागी ६ वटा खाडलसमेत निर्माण भइरहेको छ । आयोजनाका लागी कूल ९२ लाख ४१ हजार रुपैयाँ बजेट रहेको कोइरीले जानकारी दिनुभयो ।
 
२५ घर परिवार लाभान्वीत हुने गरी सुरु गरिएको आयोजना पश्चात प्रतिहेन्टर तीन मेट्रिकटन माछा उत्पादन हुने लक्ष्य लिइएको छ । जसबाट वार्षिक पाँचलाख ९० हजारको माछा बिक्रि हुने अध्यक्ष कोइरीले बताउनुभयो । जिल्लामा माछाको मागलाई पु¥याउन नसक्दा भारतबाट यसको आपूर्तिलाई पुरा गरिदै आइएको र उक्त आयोजनाले माछाको मागलाई पुरा गर्ने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यमनारायण देवकोटाले बताउनुभयो ।
 
सो क्षेत्रमा व्यवसायीक माछापालन सुरु भएपछि स्थानीयको जीविकोपार्जनसँगै अन्य माछापालक कृषकहरुलाई पनि बजार व्यवस्थापनमा सहज हुने   लक्ष्य लिइएको छ । आयोजनालाई प्राविधिक सहयोग भने जिल्ला कृषि  विकास कार्यालयले उपलव्ध गराएको देवकोटाले जानकारी दिनुभयो ।

Post Comment

More देश

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award