देश

भ्रष्ट्राचारीलाई बहिस्कार र तिरस्कारः क्षेत्रीय प्रशासक कोईराला /अख्तियारसामु सार्वजनीक रुपमा १५ वटा उजुरी पेश ।
लक्ष्मी पौडेल, माघ १३ कालिका । 
मध्यमाञ्चल क्षेत्रीय प्रशासक शंकर कोईरालाले भ्रष्ट्राचारीलाई सामाजीक रुपमा बहिस्कार र तिरस्कार गर्ने संस्कारको विकास गर्नुपर्ने बताउनुभएको छ । मंगलबार भरतपुरमा भ्रष्ट्राचार विरुद्ध अभियान चितवको आयोजना तथा ट्रान्सपरेन्सी नेपालको सहकार्यमा भएको सदाचार प्रतीबद्धता कार्यान्वयन समिक्षा कार्यक्रमलाइ सम्बोधन गर्दै क्षेत्रीय प्रशासक कोईरालाले भ्रष्ट्राचार न्युनीकरणका लागी सरकारी कार्यालय तथा संघ संस्थाका पदाधीकारीलाई नै सहभागी गराउन नसकीनु मुख्य चुनौती भएको उल्लेख गर्नुभयो ।
 
अत्याधीक अनियमीतताका कार्य हुने क्षेत्रको विरुद्धमा आवाज उठाउन सक्ने आँट सर्वसाधारणमा नहुनुले पनी भ्रष्ट्राचारलाई बढावा दिएको उहाँको भनाई थियो । कोईरालाले भ्रष्ट्राचार न्युनीकरणका लागी कम्तीमा पनी जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिती र जिल्ला स्थित सरकारी निकायका पदाधीकारी नियमसंगत चल्ने बानीको विकास गर्न सके मात्र पनी धेरै हदसम्म सुधार हुनसक्ने विचार व्यक्त गर्नुभयो ।
 
कार्यक्रममा बोल्दै नागरीक समाजका अगुवा डा. देवेन्द्रराज पाण्डेले औपचारीक र अनौपचारीक तवरबाट हुने अनियमितताका कार्य रोक्न संस्कारको आवश्यकता रहेको बताउनुभयो । उहाँले सामाजीक क्षेत्रमा हुने हरेक क्रियाकलापमा नागरीकको चासो हुनुपर्नेमा जोड दिनुभएको थियो ।
 
यस्तै ट्रान्सपरेन्सी नेपालका अध्यक्ष भरतबहादुर थापाले भ्रष्ट्राचार न्युनीकरणका लागी दण्डको व्यवस्था प्रभावकारी नहुने बताउनुभयो । उहाँले कतीपय देशमा भ्रष्ट्राचारीलाई मृत्युदण्ड सम्मको सजाँय हुने गरेको उल्लेख गर्दै मृत्युदण्डको सजायले अनियमिताको गर्ने मानसिकतामा सुधार आउन नसक्ने बताउनुभयो ।
 
भ्रष्ट्राचार न्युनीकरणका लागी आचरणमा सुधारको आवश्यकता रहेको भन्दै सकारात्मक सोचको विकास गर्नुपर्नेमा जोड दिनुभयो । राज्यले निती नियमको तर्जुमा गरेर बैधानीक संस्थालाई क्रियाशिल गराउदा पनी न्युनीकरण हुन नसक्नु दुःखको कुरा भएको उहाँको भनाई थियो ।
 
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख हरीराज पन्तले अख्तियारमा परेका उजुरीलाई आवश्यक अनुसन्धान गरी काबार्हीका लागी प्रकृया अगाडी बढाउने काममा आफु कटिबद्ध रहेको बताउनुभएको थियो ।
 
भ्रष्ट्राचार विरुद्ध अभियानले जिल्लाका ३ सरकारी कार्यालय जिल्ला प्रशासन कार्याल, जिल्ला विकास समिती कार्यालय र जिल्ला मालपोत कार्यालय संग गरेको एलाक डिपी सम्झौताको कार्यान्वयनको समिक्षा कार्यक्रममा गरीएको थियो । 
 
जिल्ला प्रशासन कार्यालयका तर्फबाट सम्झौताको कार्यप्रगती प्रस्तुत गर्दै डा. मानबहादुर विकेले विचौलीयामार्फतबाट हुने भ्रष्ट्राचार न्युनीकरण गर्न चुनौती बढेको बताउनुभयो । यस्तै जिल्ला विकास समितीको तर्फबाट समिक्षात्मक कार्यपत्र प्रस्तुत गर्दै स्थानीय विकास अधिकारी भरतमणी पाण्डेले सबैभन्दा बढी स्थानीयको सरोकार राख्ने संस्था भएकोले नियम उलंङघन भएर हुन सक्ने गतीबिधी प्रती कार्यालय सजग रहेर काम गरीरहेको बताउनुभयो । 
 
कार्यपत्र प्रस्तुत गर्ने क्रममा मालपोत कार्यालयका अधिकृत भिष्मराज भट्टराईले विगत र वर्तमानको सेवाप्रवाहको स्थितीबारे जानकारी प्रस्तुत गर्नुभएको थियो । यस्तै अभियानको तर्फबाट सचिव निलकण्ठ ढुङ्गानाले अभियानले सञ्चलन गरेका कार्यक्रम र प्रगतीबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
 
अख्तियारसामु १५ उजुरी पेश 
 
कार्यपत्र प्रस्तुत पछि जिज्ञासा राख्ने क्रममा उपस्थित सर्वसाधारणको तर्फबाट तारा बरालले सार्वजनीक रुपमा नै अख्तियार सामु १५ वटा उजुरी प्रस्तुत गर्नुभएको थियो । उजुरी पेश गर्दै बरालले नयाँ थप भएका सवारीको रुटले रिक्सा चालकको रोजीरोटी र भएका सवारी साधनले यात्रु नपाउने गरेको कुरा व्यवस्थापनमा सम्बन्धीत पक्षमाथी कारबाहीको माग गर्नुभएको थियो । बरालले पेश गरेका उजुरीहरु बुदाँगत रुपमा यहाँ प्रस्तुत गरीएको छ ।
 
– बर्षेनी आयोजना हुने चितवन महोत्सवमा सर्वसाधारणलाई अनावश्यक टिकट कटाउने गरीएको, खर्च र आम्दानी विवरण स्पष्ट रुपमा सार्वजनीक नगरीएकोले अनुसन्धान थालीनुपर्ने ।
 
– नेपाल रेडक्रस सोसाईटीले सेवा प्रदान गर्ने नाउँमा सर्वसाधारण र बिद्यार्थीबाट असुलेको रकम पिडीत सामु पुग्ने नगरेकाले रेडक्रसमाथी पनी छानविन हुनुपर्ने ।
 
– जिल्ला विकास समितीले तोकेको मुल्यअनुसारको गिट्टी, बालुवामा ठेकेदारहरुले रसिदमा नखुलाउने गरेकोले ठेकेदारहरुमाथी अनुसन्धान गरी कारबाही हुनुपर्ने ।
 
– सुकुम्बासीलाई जग्गा दिलाउने नाममा राजनैतीक दलबाट सुकुम्बासी फारम देखाएर भोट माग्ने काम गरेकाले सम्बन्धीत दलका नेतालाई कारबाही गर्नुपर्ने ।
 
– भ्रष्ट्राचार विरुद्धको दिवसका दिन क्यान्सर अस्पतालको सभाहलमा आयोजीत कार्यक्रममा भ्रष्ट्राचार न्युनीकरणका लागी क्रियाशिल संस्थाले नै भ्रष्ट्राचारीलाई सम्मान गरेकोले सो संस्थामाथी नै अनुसन्धान थाल्नुपर्ने ।
 
– उप–महानगरपालीकाले उठाउदै आएको पार्किङ शुल्कमा अनियमीता हुने गरेकोले कार्यालयले अनुसन्धान गर्नुपर्ने ।
 
– सरकारले निशुल्क भनेर तोकेको शिक्षामा हरेक बिद्यालयले बिद्यार्थीसंग चर्को शुल्क असुल्ने गरेकाले ति बिद्यालय विरुद्ध कडा कदम चालीनुपर्ने ।
 
– भरतपुर अस्पतालमा सरकारले निशुल्क दिने गरेको औषधी नपाईने गरेको र त्यहाँका चिकीत्सकले निशुल्क औषधी आफ्नो निजी क्लनिकमा बेच्ने गरेकोमा अनुसन्धान र आवश्यक कार्बाही गरीनुपर्ने । विभिन्न समयमा हुने निशुल्क स्वास्थ्य शिविरमा आउने औषधी कहाँबाट आउछन् कस्ता औषधी प्रयोग हुन्छन् । यसबारे जिल्ल जनस्वास्थ्य कार्यालयमाथी नै अनुसन्धान र कार्बाही गरीनुपर्ने । लगायतका उजुरी गरीएको छ ।
 
भ्रष्ट्राचार विरुद्ध अभियानका अध्यक्ष भिमबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पुर्वमन्त्री सावित्री बोगटी, ट्रान्सपरेन्सी ईन्टरनेशनलका कार्यकारी निर्देशक आशिष थापा, जिल्लास्थित सरकारी गैरसरकारी निकाय तथा संघसंस्था र सुरक्षा निकायका पदाधीकारीहरु लगायतको सहभागीता रहेको थियो । अभियानका उपाध्यक्ष डा. ईश्वरीराज लौडारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम एलाक डिपी कार्यक्रमकी कार्यक्रम संयोजक शर्मिला पण्डीतको सञ्चालन रहेको थियो ।

Post Comment

More देश

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award